नेपाल पत्रकार महासंघको निर्वाचनमा १६५ जना उम्मेदवार
काठमाडौ
पत्रकारहरुको छाता संगठन मानिएको नेपाल पत्रकार महासंघ यही चैत २५ गते हुने निर्वाचनको लागि १६५ जना विभिन्न पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका केन्द्रिय निर्वाचन समितिले जनाएको छ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत हुन लागेको निर्वाचनको मुख्यरुपमा दुई समुह बनाएर चुनावी मैदानमा उत्र्रेका छन । प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार निर्वाचन हुन लागेको कारणले यतिको संख्यामा उम्मेदवार भएका हुन ।
नेपाली काग्रेस निकट मानिएका नेपाल प्रेस युनियनको नेतृत्वमा १२ संगठनको गठनबन्धन बनेको छ । त्यसैगरि नेकपा एमाले निकट मानिएको प्रेस चौतारीको नेतृत्वमा जसपा निकट प्रेस मंच बिच गठबन्धन बनेको छ ।
दुईवटा गठबन्धन भए पनि अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल गरी चारजना रहेका छन् । यसअघि मनोनयन गरेका दीपक पाठकले भने उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन् । यसै पदमा उम्मेदवारी दर्ता गराएका ध्रुव लम्सालले भने फिर्ता लिएका छन् ।
महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकार,समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह रहेका छन् ।
महासचिवमा बालकृष्ण बस्नेत, रोशन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा छन् । यसै पदमा उम्मेदवारी दिएका राजेश मिश्रले भने फिर्ता लिएका छन् ।
खुला सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनाजाति सचिवमा ३ जना, सचिव (मधेस)मा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषध्यक्षमा ६÷६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यस्तै, प्रदेश १ सदस्यमा ६ जना, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र प्रतिष्ठान प्रदेशको सदस्यमा ७÷७ जना, लुम्बिनी प्रदेश सदस्यमा १० जना, सुदूरपश्चिम सदस्यमा ५ जना उम्मेदवार छन् ।
उपत्यका प्रदेश सदस्यमा ८ जना, संस्थागत प्रदेश (एशोसिएट)मा ५ जना, खुला सदस्यमा २७ जना, महिला सदस्य (मधेसी)मा ३ जना, आदिवासी जनाजाति महिला सदस्यमा २ जना, खस–आर्य महिला सदस्यमा ६ जना, दलित महिला सदस्यमा ३ जना, दुईजना आदिवासी जनजाति सदस्य (एक महिला अनिवार्य)का लागि ६ जना, दुईजना दलित सदस्य (एक महिला अनिवार्य)का लागि ९ जना, दुईजना मधेशी सदस्य (एक महिला अनिवार्य)का लागि ७ जना, अपाङ्गता सदस्यका लागि ४ जना, अल्पसंख्यक सदस्यका लागि २ जना प्रतिस्पर्धामा छन् ।
लेखा समिति संयोजक, खुला सदस्य र महिला सदस्यका लागि ३÷३ जनाले उम्मेदवारी दिएका छन् ।