News स्वास्थ्य

प्रदेश प्रमुख झाको पहिलो तलव अग्निपीडित बालबालिका र आविष्कार केन्द्रलाई

प्रदेश प्रमुख झाको पहिलो तलव अग्निपीडित बालबालिका र आविष्कार केन्द्रलाई

प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले आफनो पहिलो महिनाको तलव सामाजिक काममा खर्च गरेका छन् । जम्मा ६४ हजार हजार तलव मध्ये ३२ हजार दुई बालबालिकाको उपचार तथा वाँकी रकम महावीर पुनको ‘राष्ट्रिय आविष्कार केन्द्र’ लाई उपलब्ध गराएका हुन् ।

विगत ७ वर्षदेखि एसिड पीडितहरुको उद्धार तथा उपचारमा सहयोग पुर्याउँदै आएका सामाजिक अभियन्ता उज्वल विक्रम थापाका अनुसार प्रदेश प्रमुख झाले कीर्तिपुर अस्पतालमा पुगेर ति वालवालिकालाई सहयोग गरेका हुन् ।

आगलागीमा परी घाइते भएकी सिन्धुलीकी गाङ्लेख–७ की २ वर्षीया बालिकाको उपचारका लागि २० हजार र विरगञ्ज महानगरपालिका ६ का ३ वर्षिय वालकको उपचारका लागि १२ हजार सहयोग गरेका हुन् । बालिका वस्तुभाउका लागि पकाइएको खोलेको भाँडोमा परेर जलेकी थिइन् भने वालक घर नजिकै बालेको आगोमा परेर जलेका थिए ।

दुबै बालबालिकाको हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको अभियन्ता थापाले वताए । उनीहरुको उपचारमा खर्चमा कटौती हुने गरी रकम हस्तान्तरण गरिएको जनाईएको छ ।

यसैगरी महावीर पुनको ‘राष्ट्रिय आविष्कार केन्द्र’ लाई ३२ हजार रुपैयाँ सहयोग गरिएको सामाजिक अभियन्ता भिम उपाध्यायले जानकारी दिए । झाले प्रदेश प्रमुख वन्नु पुर्व पनि आविश्कार केन्द्रलाई सहयोग गर्दै आएको र सम्भव भएसम्ममा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको उपाध्यायले वताए । 
 

अग्निपीडित प्रदेश प्रमुख आविष्कार केन्द्र पहिलो तलव

विशेष