सरकार फेरी संसद विघटन गर्न खोज्दैछः देव गुरुङ
सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक देवप्रसाद गुरुङले केपी शर्मा ओली नेतृत्वको सरकार फेरी पनि संसद विघटन गर्ने उदेश्यले अघि वढेको वताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर वोलेका गुरुङले संसद्लाई फेरि विघटन गरी संविधान निस्कृय वनाउने खेलमा सरकार अगाडि बढेको आरोप लगाए ।
‘सरकारले यो सदनलाई के गर्न चाहेको हो भन्ने गम्भीर प्रश्न उठेको छ । सरकारको मनस्थिति पुस ५ गतेकै छ । फागुन ११ को सर्वोच्चको फैसला अंगीकार गरेको देखिँदैन। फेरि संसद् विघटन भयो भने संविधान निस्क्रिय हुन्छ । त्यो भनेको संविधान विफल हुनु हो’– उनले भने।
सदनलाई सरकारले बिजनेसविहीन बनाएको गुरुङको भनाइ थियो । सदनमा महत्वपूर्ण विधेयक विचाराधीन रहे पनि सरकारले अगाडि बढाउन नखोजेको गुरुङको भनाइ छ ।
संविधानले ५–५ वर्षमा निर्वाचन हुने भनेको भएपनि प्रधानमन्त्री ओलीले ताजा जनादेशको नाममा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सिद्याउने गरी अगाडि वढेको उनले आरोप लगाए ।
सरकारले संविधान र विधिको शासन नमानेको र प्रतिनिधिसभा विघटनपछि कामचलाउ बन्नुपर्ने सरकार त्यसरी अगाडि नबढेको पनि गुरुङले वताए ।