News अपराध सुरक्षा

एटिएम ह्याक गरि पैसा चोर्न खोज्ने चिनियाँ नागरिक पक्राउ

एटिएम ह्याक गरि पैसा चोर्न खोज्ने चिनियाँ नागरिक पक्राउ

काठमाण्डौंको दरबारमार्गस्थित मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ नागरिकलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ।

२९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिआओलङले एटिएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजिरहेका थिए।

विभिन्न बैंकको एटिएम बुथबाट अस्वभाविक रुपमा रकम निकाल्न खोजिएको सुचनापछि प्रहरीले त्यसको खोजी गरेको र सोहि क्रममा सिआओलङ पक्राउ परेको प्रहरीको भनाई छ ।

ज्याठास्थित होटल मोन्टिसमा बस्दै आएका उनको कोठा र साथवाट १० थान एटिएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेनड्राईभ, हिडेन क्यामरा, ड्रिल मेसिनलगायतका सामग्री वरामद भएको प्रहरीले जनाएको छ । 
 

एटिएम ह्याक चिनियाँ नागरिक

विशेष