News

घरवाट वेपत्ता भएर भारतीय क्षेत्रमा फेला परेका ८ बालबालिकालाई नेपाल ल्याउने तयारी

घरवाट वेपत्ता भएर भारतीय क्षेत्रमा फेला परेका ८ बालबालिकालाई नेपाल ल्याउने तयारी

महोत्तरी जिल्लाको भँगहा नगरपालिका– ८ बाट मङ्गलवारदेखि हराइरहेका दुई बालिका र पाँच किशोरी भारतको बिहार राज्यको सीतामढी जिल्लामा फेला परेका छन् । प्रहरीले उनीहरूलाई फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ ।

स्थानीयवासिले उनीहरूलाई सीतामढीको रेल स्टेशनमा फेला पारेका थिए । मङ्गलवार दिउँसो भंगहा–८ धरमपुरमा घाँस काट्न गएका उनीहरू त्यहिवाट सम्पर्कविहीन थिए। अबेरसम्म घर नफर्किएपछि उनीहरुको खोजी सुरु गरिएको थियो।

एउटै टोलका उनीहरु १० देखि १८ वर्षसम्मका छन्। सबै जना पासवान समुदायका भएको पाईएको छ । उनीहरू हराएको खबर प्रहरीले पाएपछि भारतीय प्रहरीको समन्वयमा खोजी थालिएको थियो।

हराइरहेका सबै जना सीतामढी रेलवे स्टेशननजिक अलपत्र अवस्थामा फेला परेका थिए। स्थानीय बासिन्दाले त्यस विषयमा प्रहरीलाई जानकारी दिएका हुन। भारतीय प्रहरीका अनुसार उनीहरुले गायिका बन्न मुम्वई जान लागेको वताएका छन् । रेल चढेर उनीहरू मुम्बई जाने प्रयासमा रहेको तर विस्तृत जानकारी नभएकाले समस्यामा परेको जनाईएको छ ।

विशेष