News राजनीति

संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाइयो, नेम्वाङ र वास्कोटालाई पनि कारवाही

संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाइयो, नेम्वाङ र वास्कोटालाई पनि कारवाही

नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ । 
पेरिसडाँडामा वुधवार बसेको बैठकले सुवास नेम्वाङलाई नेकपा संसदीय दलको उपनेता र शान्ता चौधरीलाई सचेतकबाट हटाउने निर्णय पनि गरेको छ। 

यसैगरी, प्रधानमन्त्रीको प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्यबाट सूर्य थापा, केन्द्रीय सदस्य एवं पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटालाई पनि हटाएको छ ।

पार्टी गतिविधिविपरीत कार्य गरेकाले विशाल भट्टराई, निरु पाल, शान्ता चौधरी, महेश बस्नेत, प्रभु साह र कर्ण थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय भएको नेता वर्षमान पुनले जानकारी दिए । 
 

विशेष