News राजनीति

वामदेवको योजना – दोस्रो तहका नेतालाई एकतावद्ध गरेर शिर्ष नेतालाई घेरावन्दी गर्ने

वामदेवको योजना – दोस्रो तहका नेतालाई एकतावद्ध गरेर शिर्ष नेतालाई घेरावन्दी गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले दुवै पक्षका दोस्रो तहका नेतालाई एकताबद्ध गरी पार्टी एकता अभियानलाई जारी राख्न वताएका छन् । प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरूलाई अगाडि बढाउने र घेरावन्दी गरेर शिर्ष नेतालाई एकताका लागि वाध्य पार्ने उनको योजना छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले एकताबद्ध गरी अभियानलाई जारी राख्न वताएका छन् । प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरूलाई अगाडि बढाउने र घेरावन्दी गरेर शिर्ष नेतालाई एकताका लागि वाध्य पार्ने उनको योजना छ ।

बिहीबार कोरोना भाइरस विरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै दुवै पक्षका दोस्रो पुस्ताका नेताहरूलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने योजना वनाएको बताए।

एकताको पक्षमा नहुने नेताहरूलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने गौतमले वताए । नेकपाका अध्यक्षद्वय दाहाल र ओली अझैपनि एकताको पक्षमा नआएको गौतमले बताए।

दुवै अध्यक्षको कुरा सुन्दा अझै पनि एकताको पक्षमा नआएको जनाएका उनले आफनो प्रयत्न चाहिँ केपी ओली र प्रचण्डतिर रहेका सेकेन्ड जेनेरेसनका नेताहरूलाई एकताबद्ध गर्ने तथा जुन नेता एकताको पक्षमा आउँदैनन् उनीहरुलाई भोट नदिने अभियान चलाउने वताए । 

दोस्रो तहका नेता पार्टी एकता अभियान भोट नदिने अभियान

विशेष