News

पार्टीको वहुमत पक्ष अझै पनि पार्टी एकताकै पक्षमा छः महेश वस्नेत

पार्टीको वहुमत पक्ष अझै पनि पार्टी एकताकै पक्षमा छः महेश वस्नेत

नेकपा ओली समूहका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेतले पार्टीको वहुमत पक्ष अझै पनि पार्टी एकताकै पक्षमा रहेको वताएका छन् ।

पार्टीको आधिकारिकता विवादबारे निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचना भइरहेका बेला बस्नेतले आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेपछि यस्तो वताएका ह्न ।

‘आयोगमा पार्टी विभाजनको विवाद रोकिएको कुरा सबैलाई थाहा छ। तर, पार्टीको बहुमत पक्ष अझै पार्टी एकताकै पक्षमा रहेको जानकारी गराएँ। त्यस बिषयमा निर्वाचन आयोग पनि जानकार नै रहेछ’–उनले भने। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेर रोकिएको अवस्थामा नेता बस्नेत आयोगमा पुगेका हुन्।
 

विशेष