News

मधेश विरोधी भनेर तराई पस्न नदिनेले नै मेरो स्वागतमा गेट वनाउँछन्ः प्रम ओली

मधेश विरोधी भनेर तराई पस्न नदिनेले नै मेरो स्वागतमा गेट वनाउँछन्ः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश विरोधी भनेर तराईमा पस्न नदिने जनताले केहि समयपछि आफनो स्वागतमा गेट वनाउने दावी गरेका छन् ।

आज सिन्धुलीको कुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन आयोजनाको उद्घाटन गर्दै उनले यस्तो वताएका हुन। ‘यो आयोजनाले तराई र पहाडलाई जोड्नुका साथै एउटा ठूलो कुराको जवाफ दिन्छ । केपी ओलीलाई मधेसविरोधी भनेर तराईमा पस्त नदिने भन्थे । तर, केपी ओलीलाई मधेसमा पस्न नदिएपनि तराई मधेसमा पानी पठाइन्छ’ उनले भने–‘मुख्य मन्त्रीज्यूलाई म भन्न चाहान्छु मलाई तराई मधेसमा पस्न नदिएर केही भएन पानी चाँही पस्न दिनु होला । तराईमा त्यस्ता जनताहरू छैनन् , मलाई केही छैन अर्को कमला सुनकोशी डाइभर्सनबाट थप १ लाख ७० हजार हेक्टरमा क्षेत्रफल सिँचाई पुगेपछि तराईबासीहरूले आफैं गेट बनाउँनेछन्।’

देशको पानी देशभरी नै पु¥याउनुपर्ने भन्दै हावाको उदाहरण दिए। ‘हावालाई छेक्न मिल्दैन । तराई सबै हाम्रो बारा, पर्सा , सर्लाही र रौतहट पनि हाम्रै हो।’ आयोजना निर्माणमा एक मिनेट पनि ढिला नगर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

उनले आयोजनावाट बाट १ लाख ८५ हजार बिघा सिँचाई गर्न सकिने र ३१ मेगावट विद्युत उत्पादन गर्न मिल्ने वताए । ‘यो महत्वपूर्ण आयोजना हो ,यसले जमिनमुनी दबिएको पानीको सतह आउने पानीले माटो मलिलो बनाउँछ । पर्यावरणलाई समेत सन्तुलित बनाउँछ ।’

प्रधानमन्त्री ओलीले केही समयभित्रै वृद्धभत्ता पाँच हजार पु¥याउने बताएका छन् । 

‘०५१ सालमा हामीले नै मासिक एक सय रुपैयाँबाट वृद्धभत्ता दिने काम सुरु गरेका थियौं । अहिले त्यसलाई बढाएर तीन हजार पु¥याएका छौँ,’ उनले भने, ‘अब केही समयभित्रै त्यसलाई बढाएर पाँच हजार पु¥याउँछौँ ।’ 

उनले वृद्धभत्तासँगै अन्य सामाजिक सुरक्षा भत्ताको समेत वृद्धि गर्ने बताए। देशको राजनीतिक अवस्थालाई लिएर प्रचण्ड–माधव पक्षलाई लक्षित गर्दै उनले पिलो निचोरिँदैमा ओजन नघट्ने बताए। अहिलको कम्युनिस्ट आन्दोलन देश समृद्ध बनाउनेतर्फ केन्द्रित भएको उनको भनाई छ। 

सुनकोशी–मरिन डाइभर्सन

विशेष