News अर्थ अपराध सुरक्षा

पार्क भिलेजको गोरखधन्दाः गैरकानुनी मेन्यु, उपभोक्तालाई ठगी

पार्क भिलेजको गोरखधन्दाः गैरकानुनी मेन्यु, उपभोक्तालाई ठगी

काठमाण्डौंको वुढानिलकण्ठ स्थित पार्क भिलेज होटल प्रालिने उपभोक्तालाई ठगी गरिरहेको पाईएको छ । होटलले नियम विपरित उपभोक्ताहरुसँग भ्याट तथा सेवासुल्क असुल गर्ने गरेको छ ।

नियमानुसार होटल तथा रेस्टुरेन्टले ग्राहकका लागि राख्ने खानाको ‘मेनु’मा मूल्य अभिवृद्धि कर (भ्याट) र सेवा शुल्कसमेत जोडेर राख्नुपर्ने ब्यवस्था छ। होटल तथा रेस्टुरेन्टहरुले तयार पार्ने मेनुमा ग्राहकले तिर्नुपर्ने अन्तिम मूल्य नै उल्लेख गर्नुपर्ने व्यवस्था गरिएपनि पार्क भिलेजले त्यसो गरेको पाईदैन ।

पार्क भिलेजले मेनुमा एउटा मूल्य राख्ने र ग्राहकसँग कुनै वस्तुको मूल्य लिँदा त्यसमा भ्याट र सेवा शुल्क जोडेर लिने गरेको छ। 

त्यसो गर्दा ग्राहकहरु पनि अन्यौलमा पर्ने गरेका छन्। ‘त्यसरी उठाएको भ्याट बुझाए/नबुझाएको पनि यकिन नहुने भयो’ एक ग्राहक भन्छन्–‘यो त सरासर ठगी नै हो ।’

आन्तरिक राजस्व विभागले होटल/रेस्टुरेन्ट सञ्चालकहरुलाई बिल बराबरको हुन आउने रकम नै मेनुमा राख्न निर्देशन दिएपनि पार्क भिलेजले त्यसलाई कार्यान्वयन गरेको छैन ।

मूल्य अभिवृद्धि कर नियमावली (संशोधन सहित) ०५३ को नियम १४(ख) मा दर्ता भएको व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेस्टुरेन्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस)मा करसहितको मूल्य उल्लेख गर्नुपर्ने उल्लेख गरिएको छ ।

तर, पार्क भिलेज होटल प्रालिका लेखापाल कृष्ण भुषालले भने यस सम्वन्धमा आफुहरुलाई जानकारी नै नभएको वताए । ‘हामीले भ्याट उठाएर सरकारलाई वुझाउने हो, आफुले राख्ने होईन’ उनले भने–‘मुल्यमै भ्याट जोड्ने विषयमा चै हामीलाई जानकारी छैन, वुझेर त्यसै अनुसार गर्छौ ।’

हुन त पार्क भिलेजका सञ्चालक कर्ण साक्य आफै पनि विवादित ब्यक्ति हुन । उनले रामसार क्षेत्रमा सूचीकृत फेवातालको जमिन अतिक्रमण गरेको आरोप छ । २०३३÷३४ सालमा सुरु भएको नापीका क्रममा उक्त जग्गा व्यक्तिका नाममा दर्ता गराएको पाईएको छ ।

शाक्यले सञ्चालन गरेको होटल पार्क भिलेज वाटरफलले फेवातालको जग्गा अतिक्रमण गरेको विषयमा अदालतमा मुद्दा नै चलेको थियो । साबिकको सराङकोट ५ मा पर्ने संरक्षण क्षेत्रभित्र शाक्यको ०–४–०–०, ३–३–३–१, ०–२–२–०, ०–५–०–२, ०–६–२–०, ०–३–०–०, ०–२–०–०, ०–१–१–२ र ०–५–१–१ क्षेत्रफल जमिनमा होटल निर्माण भएको पाईएको छ।

पार्क भिलेज भ्याट तथा सेवासुल्क उपभोक्ता ठगी

विशेष