News

विप्लवको अलमल– सभागृह जाने की प्रधानमन्त्री भेट्न बालुवाटार ?

विप्लवको अलमल– सभागृह जाने की प्रधानमन्त्री भेट्न बालुवाटार ?

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भर्खरै काठमाडौँ प्रवेश गरेका छन् । आज हुने संयुक्त सभालाई सम्बोधन गर्न उनी नवलपरासीबाट काठमाडौँ आइपुगेका हुन् ।

उनी भर्खरै कलंकीबाट बालाजू हुँदै सामाखुशीतर्फ लागेका छन् । पार्टीको तर्फबाट वार्ता टोलीका संयोजक रहेका र आज दुई बजेको कार्यक्रमवारे बिहान बालुवाटारमा प्रधानमन्त्रीसङ्ग भेटेर छलफल गरेका खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायतका नेताहरुलाई भेट्न विप्लव लाजिम्पाट गएको बताइएको छ । त्यहाँको यौटा फ्ल्याट बिप्लव समूहले भाडामा लिएको छ । त्यहाँ केहि समय आन्तरिक छलफल गरेर सिधै कार्यक्रमस्थल सभागृह जाने या प्रधानमन्त्री निवास बालुवाटार जाने निश्चित नभएको सो पार्टीको उच्च तहका एक नेताले जानकारी दिए ।

सरकार र बिद्रोही नेकपाबीच हिजो तीन बूँदे सहमति भएसंगै सो पार्टीमाथिको प्रतिवन्ध फुकुवा भएको छ । प्रतिवन्ध फुकुवा भएपछि विप्लवलगायतका नेताहरु सार्वजनिक भैरहेका छन् । हिजोको सहमतिअनुसार शुक्रवार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्वोधन गर्नेछन् ।
–जनअस्था

विशेष