वालुवाटरवाट निस्किए विप्लव, प्रधानमन्त्रीसँग के भयो छलफल ?
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बालुवाटारबाट बाहिरिएका छन् ।
चिनवनवाट काठमाण्डौ आएपछि उनी वालवाटार पुगेका थिए । केहि समयको भेटघाटपछि उनी वालुटारवाट निस्केको जनाईएको छ ।
केही बेरपछि फेरि एक चरण बालुवाटारमै प्रधानमन्त्रीसँग भेटवार्ता हुने र त्यसपछि राष्ट्रियसभागृह जाने कार्यक्रम रहेको छ । विप्लवलाई काठमाडौं प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ ।
सरकारसँग भएको तीनबुँदे सहमतिसँगै आज उनी काठमाडौंमा हुने एक कार्यक्रममार्फत सार्वजनिक हुनेछन् ।