News राजनीति

विप्लवले गीतको लयमा भने– आज जुन र घामको भेट भएको छ

विप्लवले गीतको लयमा भने– आज जुन र घामको भेट भएको छ

नेपाल सरकार विप्लव नेतृत्वको नेकपा विच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको उपस्थितिमा  दुवै पक्षबीच हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र  सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले हस्ताक्षर गरेका छन् । राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’मा दुवै पक्षले हस्ताक्षर गरे ।

दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीनबूँदे सहमति भएको थियो । सरकारले सहमतिलाई विहिवार नै अनुमोदन पनि गरिसकेको छ । 

सहमति पत्रमा हस्ताक्षरपछि नेकपा विप्लव समूहका महासचिव विप्लवले जुन र घामको भेट भएको प्रतिकृया दिएका छन् ।

“एउटा गीत छ यो कस्तो प्रेम भयो जुन र घामको जस्तो भन्ने आज त्यस्तै भएको छ, हामी त्यस्तै भएका छौँ आज जुन र घामको भेट भएको छ”– उनले भने।

अनुमोदन सहमतिमा आज हस्ताक्षर नेताकार्यकर्ता रिहाइ जुन र घामको भेट

विशेष