News राजनीति

ओलीलाई नेता नेपालले भने– धेरै फुर्ती नदेखाउनुस्, तपाईंका फुर्ती देखाउने दिन गए 

ओलीलाई नेता नेपालले भने– धेरै फुर्ती नदेखाउनुस्, तपाईंका फुर्ती देखाउने दिन गए 

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै फुर्ति नदेखाउन र राजिनामा दिन आग्रह गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नैतिकताको सानो अंश भए प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे । ‘केपी ओलीलाई पनि हामीले अन्तिम मौका दिइरहेका छौँ । राजीनामा दिनुस् । नैतिकताको सानो अंश भए पनि देखाउनुस्’ उनले भने–‘नभए इतिहासमा कलंकित भइरहनुहुनेछ । धेरै फुर्ती नदेखाउनुस् । तपाईंका फुर्ती देखाउने दिन गए।’

उनले ओलीलाई पार्टीमा आउन अन्तिम मौका दिइरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पनि नेपालले आफनै आफ्नै पार्टीमा आउन आग्रह गरे। ‘हामी उहाँलाई पनि स्वागत गर्नेछौँ । त्यो दिनको प्रतीक्षामा छौँ’–उनले भने ।

राजिनामा

विशेष