News स्वास्थ्य

प्रधानमन्त्रीले आईतवार कोरोना भाइरसविरुद्धको खोप लगाउने

प्रधानमन्त्रीले आईतवार कोरोना भाइरसविरुद्धको खोप लगाउने

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । शिक्षण अस्पतालमा पुगेर उनले खोप लगाउने छन् ।

वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउने जानकारी दिए । मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वोल्दै मन्त्री त्रिपाठिले आईतवार नै संवैधानिक निकायका प्रमुखहरुले पनि खोप लगाउने वताए ।

प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोरोना विरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ । मन्त्री त्रिपाठीले कोभ्याक्स लगायत दातृ निकायबाट उपलब्ध खोपलाई व्यवस्थित तरीकाले जनतासम्म लैजाने गरी सरकारले तयारी गरिरहेको बताए ।

सरकारले आईतवारदेखि ६५ वर्ष माथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दैछ ।

विशेष