News

ओली समूहको संसदीय दलको बैठकमा ११५ सांसद उपस्थित !

ओली समूहको संसदीय दलको बैठकमा ११५ सांसद उपस्थित !

नेकपा ओली समूहको संसदीय दलको बैठकले शनिवार वालुटारमा वसेको छ । वैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ सदस्य गरी ११५ सांसद उपस्थित भएको जनाईएको छ ।

ओली समूहले बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसद र एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतमलाई पनि निम्तो दिएको थियो । तर, उनीहरू भने सहभागी नभएको राष्ट्रिय सभाका नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।

यसअघि शुक्रबार नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बसेको थियो । बैठकमा १११ जना सांसद उपस्थित भएका थिए । बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो । 

गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । 

संसदीय दलको बैठक नेकपा ओली समूह

विशेष