News राजनीति

सँधै देउवा नै प्रधानमन्त्री हुनुपर्छ भनेर कहाँ लेखिएको छ ?

सँधै देउवा नै प्रधानमन्त्री हुनुपर्छ भनेर कहाँ लेखिएको छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले उल्टाएपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलहरुले नेता प्रकाशमान सिंहको घर क्षेत्रपाटीमा धेरैपटक छलफल गरेका छन् । राती अबेरसम्म भएका धेरैवटा छलफलमा ‘देउवाबाहेक अरु प्रधानमन्त्री हुन किन नहुने ? सँधै उही मात्र किन’ भन्नेसम्मको कुरो उठेको छ । छलफलमा विशेषगरी प्रकाशमानले सँधै देउवा नै प्रधानमन्त्री हुनुपर्छ भनेर कहाँ लेखिएको छ भन्दै सहभागीहरुसँग कडिकडाउ ढंगले सोधेका थिए ।

पछिल्लो पटकको काँग्रेस संसदीय दलको निर्वाचनमा प्रकाशमान सिंहले २१ भोट ल्याएका थिए । जबकि ३२ भोट ल्याए त्यहाँ मेजोरिटी पुग्छ ।

नेकपाको पछिल्लो अवस्थाबाट सभापति देउवा सरकारमा जान तयार भइसकेको देखिएको छ । तर,ओलीतिर मिलेर सिंहदरबार छिर्न मुश्किल हुने भएपछि उनी बिलखबन्दमा पर्दै गएका हुन् । देउवा र ओलीको रोडम्यापलाई अगाडि बढाउँदा काँग्रेस संसदीय दल र केन्द्रीय समितिमा भ्वाँग पर्ने अवस्था बढ्दै गएको छ । विभाजनसम्मको खतरा हुने देखिएपछि देउवा ब्याक भएको बताइन्छ ।

पछिल्लो पटकको काँग्रेस संसदीय दलको निर्वाचनमा प्रकाशमान सिंहले २१ भोट ल्याएका थिए । जबकि ३२ भोट ल्याए त्यहाँ मेजोरिटी पुग्छ । त्यो बेला सशांक कोइराला र गगन थापाले देउवालाई भोट हालेका थिए । अमरेश सिंहले पनि देउवालाई नै भोट दिएका थिए ।

तर, अहिले पार्टीमा कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी, सशांक, शेखर कोइराला, गगन, प्रकाशमान सबैबिरुद्ध उभिएका छन् । त्यसैले सरकार गठबन्धनमा ओलीतिर जाने भनेमा देउवा संसदीय दलभित्रै अपदस्थ हुनसक्ने खतरासमेत देखिन थालेको बताइन्छ ।

प्रधानमन्त्री ओलीले काँग्रेस सभापति देउवासँग अचम्मको सम्बन्ध बनाउँदै आउनुभएको थियो । काँग्रेसभित्रैका पनि अधिकांशलाई त्यसको गाँठी कुरो थाहा थिएन । सबैले सतहमा वाइड बडी जहाज र जापानमा रहेकी नेपाली राजदूत तथा सासूआमाको थमौतीलाई बुझेका थिए । नेकपाको अर्को पक्षले पहल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देउवालाई भन्नुभएको धारणा उद्धृत गर्दै स्रोत भन्छ ‘तपाईंलाई हामी गराउँछौं, नआत्तिनुस् । नेकपाको आधिकारिकता सल्टियोस्, म कुनै हालतमा तपाईंलाई प्रधानमन्त्री बनाउँछु ।’
यो सामग्री जनआस्थावाट साभार गरिएको हो ।

संसदीय दल नेपाली काँग्रेस देउवा र ओलीको रोडम्याप

विशेष