News

तीनबुँदे सहमति गरेको भोलिपल्टै ‘विप्लव’ र ‘बादल’ को एक घण्टा छलफल

तीनबुँदे सहमति गरेको भोलिपल्टै ‘विप्लव’ र ‘बादल’ को एक घण्टा छलफल

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’विच भेटवार्ता भएको छ । सरकारसँग तीनबुँदे सहमति गरेको भोलिपल्ट शनिबार बिहान गृहमन्त्री निवास पुल्चोकमा उनीहरुको करिब एक घण्टा छलफल भएको हो।

उनीहरुको विचमा नेकपा माओवादीका कार्यकर्ता रिहा, मुद्दा फिर्ता लगायतका विषयमा कुराकानी भएको जनाईएको छ । ‘समसामयिक विषयमा छलफल भएको हो’ गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले भने, ‘कार्यकर्ता रिहा, मुद्दा फिर्ता लगायत अन्य कानूनी कुरा कसरी सल्टाउने भन्ने विषयमा कुराकानी भयो ।’

सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार तीन बुँदे सहमतिमा हस्ताक्षर भएको थियो। उक्त सहमतिमा विप्लवले शान्तिपूर्ण राजनीतिको बाटो अँगाल्ने र सकारले विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्ध फुकवा गरेर गिरफ्तार भएका कार्यकर्ता रिहा गरिदिने लगायतका विषय समेटिएको छ । 
 

तीनबुँदे सहमति ‘विप्लव’ र ‘बादल’ मुद्दा फिर्ता कार्यकर्ता रिहा

विशेष