News राजनीति

सर्वोच्चको फैसला अनपेक्षित : प्रचण्ड

सर्वोच्चको फैसला अनपेक्षित : प्रचण्ड

प्रचण्ड–माधव नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको वताएका छन् ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई सर्वोच्चले त्रुटिपूर्ण भन्दै बदर गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन । निर्णय अपेक्षा गरेभन्दा फरक आएको दाहालले वताए । 

सर्वोच्चको फैसलालाई गहन अध्ययन गर्ने र त्यसपछि मात्र थप टिप्पणी गर्ने दाहालले वताएका छन् । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासलेले आइतवार नेकपा ऋषि कट्टेलको भएको फैसला गरेको छ । निर्वाचन आयोगले त्रुटिपूर्ण निर्णय गर्दै ओली–प्रचण्ड समूहको नेकपालाई आधिकारिकता दिएको भन्दै सर्वोच्चले ऋषि कट्टेल संयोजक रहेको नेकपालाई आधिकारिकता दिएको हो ।

अदालतले निर्वाचन आयोगले बदनियतपूर्ण निर्णय गरेको भन्दै ओली–प्रचण्डले नेतृत्व गरेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेको छ । सर्वोच्चको यो निर्णयसँगै दुई समूहमा विभाजन भएको ओली–दाहालले नेतृत्व गरेको नेकपा थप सङ्कटमा परेको छ ।   

३ जेष्ठ ०७५ अघि निर्वाचन आयोगमा दर्ता भएको आधारमा ओली र प्रचण्डको साविककै पार्टी अर्थात् नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने सर्वोच्चको फैसलामा उल्लेख छ । 

अदालतको फैसला ऋषि कट्टेल निर्वाचन आयोग

विशेष