सर्वोच्च अदालतको फैसला पछि थपियो जटिलता, अव यसरी वन्न सक्छ वहुमतको सरकार
निर्वाचन आयोगले त्रुटिपूर्ण निर्णय गर्दै ओली–प्रचण्ड समूहको नेकपालाई आधिकारिकता दिएको भन्दै सर्वोच्च अदालतले ऋषि कट्टेल संयोजक रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिक अवस्था थप जटिल मोडमा पुगेको छ ।
अदालतले निर्वाचन आयोगले बदनियतपूर्ण निर्णय गरेको भन्दै ओली–प्रचण्डले नेतृत्व गरेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेपछि दुई समूहमा विभाजन भएको ओली–दाहालले नेतृत्व गरेको नेकपाको संकट थप भएको हो ।
नेकपाको राजनीति २ जेष्ठ ०७५ अघिको अवस्थामा पुगेको छ । निर्वाचन आयोगमा दर्ता भएको आधारमा ओली र प्रचण्डको साविककै पार्टी अर्थात् नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने सर्वोच्चको फैसलामा उल्लेख छ ।
सर्वोच्चले एमाले र माओवादीबीच एकीकरण हुनुपर्ने भए अब पुनः प्रक्रियाअनुसार एकीकरण गर्न–गराउन समेत निर्वाचन आयोगलाई आदेश दिएको थियो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले अदालतको फैसलाअनुसार नै अगाडि बढ्ने प्रतिक्रिया दिए। सर्वोच्चले आ–आफ्नो निर्णय गरेर अघि बढ्नु भनेकाले अब अलग अलग दलको बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने निर्णय हुने उनले वताए ।
सर्वोच्च अदालतको यो निर्णयसँगै संसदमा चार वटा दल अस्तित्वमा आएका छन्। नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी अस्तित्वमा रहने भएका हुन ।
प्रतिनिधि सभामा पूर्वएमालेको प्रत्यक्षतर्फ ८० र समानुपातिक तर्फ ४१ गरी १ सय २१ सिट थियो। पूर्वएमाले सांसद सानु शिवाको निधन भएकाले पूर्वएमालेको अहिले संसदमा १२० सिट छ।
नेपाली कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिट गरी ६३ सिट जितेको थियो। कांग्रेसका विजयकुमार गच्छदार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने अर्का सांसद मोहम्मद अफताफ आलम जेलमा रहेका छन्। अव कांग्रेससँग ६१ सिट छ ।
नेकपा माओवादी केन्द्रसँग प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट गरी ५३ सिट छ भने जनता समाजवादी पार्टीको एकीकरण पछि अहिले ३४ सांसद छन्।यसैगरी राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका १–१ सांसद छन्। १ जना स्वतन्त्र सांसद छन्।
यी चार पार्टी कायम भएपछि अव वहुमतको सरकार वनाउन सक्ने अवस्था सुरु भएको छ ।
वहुमतको सरकार आधिकारिकता ऋषि कट्टेल नेकपाको संकट