News

प्रतिनिधिसभाको बैठक २६ फागुनसम्म स्थगित

प्रतिनिधिसभाको बैठक २६ फागुनसम्म स्थगित

प्रतिनिधिसभाको बैठक सूचना निकालेर आगामी २६ फागुनसम्मका लागि स्थगित भएको छ । 

विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले सभामुखले आगामी २६ फागुनको दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना निकालेर जनाएका छन् ।

१० मिनेटका लागि स्थगित गरिएको संसद् बैठक २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद साप्कोटाले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए। 

पुनःस्थापित पहिलो बैठकमै नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बैठक बहिष्कार गरेको थियो। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्टम घेराउ गरेको थियो। कांग्रेसले संवैधानिक परिषद् सम्बन्धि अध्यादेशको विरोध गरेको हो।

संविधानको मर्म विपरित ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका थिए। प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठलाई सभामुखले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ पेश गर्न अनुमति दिएपछि कांग्रेस सांसदहरू विरोधमा उभिएका थिए । 

प्रतिनिधिसभाको बैठक स्थगित अध्यादेश फिर्ता

विशेष