बलात्कार गरी गर्भवती वनाएको आरोपमा पक्राउ
एक किशोरीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँ पक्राउ परेका छन् । घर गाउँमै लुकिछिपी वसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
०७७ जेठ २६ गते आफुलाई बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ९ असोजमा उजूरी दिएकी थिईन भने ३ कात्तिकमा जिल्ला प्रशासन कार्यालयमा समेत उजूरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयले ४ कात्तिकमा उनको उजुरी दर्ता गरेको थियो । सोहि उजुरीका आधारमा आईतवार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बलात्कारबाट गर्भवती बनेकी पीडितले १५ कात्तिकमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छोराको जन्म दिएकी थिईन ।