News

साईकल वितरणका नाममा विद्यार्थीलाई रास्ती, भोकले छटपटीएपछि चाउचाउ र पानीको सहारा

वीरेन्द्र रमण

साईकल वितरणका नाममा विद्यार्थीलाई रास्ती, भोकले छटपटीएपछि चाउचाउ र पानीको सहारा

जनकपुर– प्रदेश २ सरकारले महिलाको उत्थान र विद्यालयमा सहज पहुँचका लागि ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’ अन्र्तगत साईकल वितरण कार्यक्रम राखेको थियो ।

विहान ११ बजे कार्यक्रमको समय निर्धारण गरिएको भएपनि विद्यार्थीहरु ९ वजेदेखि नै जनकपुर चुरोट कारखानामा रहेको मधेस भवनको खेलकुद मैदानमा जम्मा भए । 

तर कार्यक्रम करिब साढे १२ वजे मात्रै सुरु भयो । कार्यक्रममा प्रदेश सभाका सदस्यहरुदेखि राज्यमन्त्री सम्मले मन्तब्य राख्दा धेरै ढिलो भयो । उनीहरुको मन्तब्यपछि मौ साईकल वितरण गर्ने कार्यक्रम रहेकाले विद्यार्थीहरु भोकले आकुल–व्याकुल भए । त्यसभन्दा पनि वढि नेताहरुको भाषणले उनीहरुलाई पट्यार लागेको थियो । 

कतिपय विद्यार्थीहरु भोकले छटपटी हुन थालेपछि कार्यक्रम स्थल बाहिर निस्केर चाउचाउ खान थाले। तर, विद्यार्थीका कुरा नेताहरुले वुझेनन् । वक्ताहरुले संविधान र प्रदेश सरकारको उपलब्धीहरुको बखान गरिनै रहे । 

जनकपुरको संकट मोचन माध्यमिक विद्यालयका प्राध्यापक बलराम साहले कपितय विद्यार्थी खाना नखाई कार्यक्रममा सहभागि भएकाले भोकले रन्थनीएको वताए । नेताहरुले  समय र श्रोताको समेत ध्यान नदिई लामो भाषण गर्न थालेपछि मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले समयको पालन गर्न समय समयमा आग्रह गरिरहेका थिए ।

तर, वक्ताहरुले समयको पालना नगर्दा दुःख पाएको विद्यार्थीहरुले वताए ।

विशेष