News राजनीति

माधव समुह ओलीतिरै फर्किने संकेत, प्रचण्डसँग अन्तिम वैठकमा सहभागी

माधव समुह ओलीतिरै फर्किने संकेत, प्रचण्डसँग अन्तिम वैठकमा सहभागी

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाल पक्ष पूर्वएमालेमै फर्किने मनस्थितिमा पुगेर प्रचण्ड खेमासहितको स्थायी समिति बैठकमा सामेल भएको छ । सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले र पूर्वमाओवादीको एकीकरण उल्ट्याइदिएपछि एमालेमा फर्किनुपर्ने बाध्यात्मक अवस्था बनेको नेपालनिकट एक नेताले बताए ।

अर्याल होटलमा भर्खरै सम्पन्न नेपाल समूहको बैठकले एमालेमै फर्किएर ओलीविरुद्ध अन्तरसंघर्ष चर्काउने अनौपचारिक निर्णय गरेको बताइन्छ ।’अदालतको फैसलापछि केही समस्या आएको छ,त्यसबारे कसरी अगाडि बढ्ने भनेर छुट्टै छलफल भएको हो, यहि गर्ने भन्ने निर्णय भैसकेको छैन । तर,बाध्यात्मक परिस्थिति आएको छ । संवैधानिक व्यवस्थालाई समेत ध्यानमा राखेर निर्णय हुन्छ ।’


उनले आफूहरुले गर्ने निर्णयले प्रदेशदेखि स्थानीय तहसम्म पार्ने प्रभाव र त्यसको वैधानिकताबारे छलफल भैरहेको पनि बताए । ‘४० जना संघीय सांसददेखि स्थानीय तहसम्मको वैधानिकता हेरेर निर्णय गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘के गर्ने भन्ने आजको स्थायी कमिटी बैठमा पनि केही छलफल हुनसक्छ । त्यसपछि एउटा डिसिजनमा पुगिएला ।’

प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

आइतबार सर्वोच्चको फैसलालगत्तै पुष्पकमल दाहाल प्रचण्ड र नेपालले आफूनिकट कानुन व्यवसायीहरुसंग छलफल गरेका थिए । उक्त छलफलमा कानुन व्यवसायीहरुले अदालतको फैसला राजनीतिक प्रकृतिको भएकाले पुनरावलोकनमा जान सुझाएका थिए । 
यो सामग्री जनआस्थावाट साभार गरिएको हो ।

विशेष