रुकुम पश्चिम् सोती नरसंहार लगायत जातिय हत्या एबंम विभेद विरुद्ध बृहत बिरोध सभा सम्पन्न!

काठमाडौ । गएको जेठ १० गत्ते भएको रुकुम पश्चिम् सोति नरसंहारको सर्बोच्च अदालतमा हुने बहसमा न्याएको याचना गर्दै,रास्ट्रीय दलित मुक्ति जागरण अभियाय नेपालको संयोजकतामा हिजो फागुन २१ गत्ते शुक्रबारका दिन माईतिघर मण्डलामा बृहत् बिरोध सभा सम्पन्न भएको छ।
उक्त बिरोध सभालाई सम्बोधन गर्दै,रास्ट्रीय दलित मुक्ती जागरण अभियान नेपाल,पश्चिमका संयोजक खगेन्द्र सुनारले नबराज हत्याकाण्डका अपराधीहरुलाई ढाकछोप गर्न खोजेमा ज्यानको बदला ज्यान लिने भनी दबाब दिएका छन्,साथै सरकारले दलित माथी अन्याय गर्छ भने सरकार संग पनि कडा रुपमा प्रस्तुत हुने बताएका छन्।
यस्तै बिरोध सभामा बोल्दै रास्ट्रीय दलित मुक्ति जागरण अभियान नेपाल पुर्बका संयोजक राजेस बिद्रोहीले अपराधीहरुलाई कार्बाही नभए सम्म सरकारलाई दबाब अन्तिम सम्म दिईरहने बताएका छन्।
प्रदेश सभा सांसद तथा दलित नेता कल्पना नेपालीले अपराधिहरुलाई कुनै पनि हालतमा छुट्न दिइने छैन र,छुटाउन खोज्ने चलखेल गर्ने कुनै पनि सामन्तिलाई सजिलै नछोड्ने बताएकी छिन्!
उक्त बिरोध सभामा थुप्रै दलित अधिकारकर्मी र कलाकारहरुको दरिलो उपस्थितिमा बिरोध सभा सम्पन्न भएको थियो।