News राजनीति

संसद् किन पुनःस्थापना गरेको भन्दा त लडाइँ गर्न/कराउन पो रहेछ : प्रम ओली 

संसद् किन पुनःस्थापना गरेको भन्दा त लडाइँ गर्न/कराउन पो रहेछ : प्रम ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् किन पुनःस्थापना गरेको भन्दा त ‘लडाइँ गर्न/कराउन पो रहेछ’ भन्दै ब्यंग्य गरेका छन् । महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुनःस्थापित प्रतिनिधि सभाको वैठक नै वहिस्कार गरेको र नारावाजी गरेको भन्दै ब्यंग्य गरेका हुन ।

‘उहाँहरू माननीयको कुर्सीमा बस्नुभएको छ। बोल्ने भाषा बोलेर छलफल गरौँ न। उहाँहरूले धामीँ नाच नाचेको हो कि के हो?’–उनले भने। संसद् अवरोध गरेर एसिड आक्रमणविरुद्धको सरकारले पेश गर्न लागेको अध्यादेश रोकेको उनले आरोप लगाए। सक्ने भए अध्यादेश संसदबाट फेल गरेर देखाउन ओलीले चुनौती दिए। 

‘झगडिया जस्तो झगडा गरेर संसद् पुनःस्थापना गर्नमा लागे। प्रतिनिधिसभा पुनःस्थापना भयो अब संसद्को हालत हेर्नुहोस् त कोही बाहिर कुद्छन्, कोही नारा लगाउँछन’ उनले भने, ‘पहिलो गाँसमै झिँगा पर्यो भनेजस्तो भएको छ। उहाँहरुले केको हतार रहेछ बाहिर गुरुरुर कुदेर गए।’ 

प्रधामन्त्री ओलीले आफू कुन पार्टीको भनेर सर्वोच्च अदालतले भनिदिएको बताए। प्रचण्ड–माधव पक्षका नेता भिम रावलले आईतवारको प्रतिनिधि सभा वैठकमा सरकारको वैधानीकता माथि प्रश्न उठाउँदै ‘प्रधानमन्त्री कुन पार्टीको’ भन्दै प्रश्न गरेका थिए । सोहि प्रश्नको जवाफ दिदै ओलीले भने–‘हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन । मैले उहाँहरुलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? मलाई साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो । अदालतले भनेको पनि नसुन्ने । देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने ।’

त्यस्तै प्रधानमन्त्री ओलीले पुनःस्थापित संसदमा देशका समस्याबारेमा छलफल हुन पाउनु पर्ने भए पनि आइतबार त्यस्तो अवस्था नभएको बताए । 

प्रधानमन्त्री केपी शर्मा ओली महिला दिवस भिम रावल पुनःस्थापना

विशेष