राष्ट्र वैंकमा डेपुटी गभर्नर नियुक्तिको तयारी, दुई पदमा तीन जना चर्चामा
नेपाल राष्ट्र वैंकको डेपुटी गभर्नर नियुक्तिको तयारी सुरु भएको छ । रिक्त रहेका दुई वटा पदमा नियुक्तिको तयारी भईरहेको जनाईएको छ ।
डेपुटी गभर्नरका लागि कार्यकारी निर्देशकहरु प्रकाश कुमार श्रेष्ठ, देवकुमार ढकाल र निलम ढुङ्गाना तिम्सिनाको नाम चर्चामा छ । नियुक्तिका लागि श्रेष्ठ र ढकालको नाम अगाडि आएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले एक जना महिला हुने पर्ने भन्दै चासो देखाएका कारण एक जना पुरुष र एक जना महिलाको नियुक्ति हुने सम्भावना पनि रहेको श्रोतले जनाएको छ ।
डेपुटी गभर्नरको नियुक्ति मन्त्री परिषदले गर्ने भएकाले तीन मध्ये कोहि दुई जनाको हुने पक्का छ ।
राष्ट्र वैंकका प्रवक्ता डा. गुणाकर भट्टले दुवै पद खाली रहेकाले नियुक्तिको प्रकृया अगाडि वढेको हुन सक्ने वताए ।