आन्तरिक किचलो अव एमालेभित्र रहँदैनः लालवावु पण्डित
नेकपा (एमाले) का नेता लालबाबु पण्डितले केपी शर्मा ओलीको सरकार पाँच वर्ष टिक्ने वताएका छन् । उनले अबको दुई वर्षसम्म एमाले नेतृत्वकै सरकारले निरन्तरता पाउने दाबी गरे।
रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता पण्डितले माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन दिनुको विकल्प नरहेको वताए । आवश्यक परे ओलीले थप राजनीतिक दलहरुको पनि समर्थन पाउने उनको दाबी छ।
एमालेका शीर्ष नेताहरु केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरुले एमालेलाई बलियो बनाउने बाहेकका गतिविधि नगर्ने र एमालेलाई बलियो बनाउने उनले वताए ।
‘आन्तरिक किचलो नेकपा एमालेभित्र अब हुँदैन। हिजो नेकपा हुँदा जे÷जति किचलो थियो, त्यो अब त्यो रुपमा रहँदैन्’ उनले भने–‘नेकपा एमाले एक ढिक्का भएर अघि बढ्छ। पार्टीको नेतृत्व पंक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरुलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्छ।’