पेरिसडाँडाको स्थायी कमिटी बैठकलगत्तै प्रचण्ड देउवा निवासमा
सत्ता समिकरण लगायतका विषयमा कुरा मिलाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बुढानीलकण्ठ पुगेका छन् ।
पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकलगत्तै प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका हुन् ।
माओवादी स्थायी कमिटी बैठकले सत्ता समीकरणका लागि कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्ता समिकरणका विषयमा कांग्रेस र जसपासँग सहकार्य हुने वताएका छन् ।