धुम्वाराहीवाट कस्ले हटायो नेकपाको साईन वोर्ड ?
सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि पार्टी कार्यालय पनि पुर्ववत अवस्थामा फर्किन थालेका छन् । यसअघि विभिन्न जिल्ला हुँदै धुम्वाराही स्थित पार्टी कार्यालयमा नेकपाको वोर्ड हटाएर एमालेको वोर्ड राखिएको छ।
सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रको एकता भइ बनेको नेपाल कम्युनिष्ट पाटी(नेकपा)लाई मान्यता नदिएपछि पूर्ववत् नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्र पेरिसडाँडास्थित आफ्नै पार्टी कार्यालयमा फर्किएको हो ।
तर, माओवादी केन्द्रले भने पार्टीको नाम र साइनबोर्ड अहिलेसम्म पनि हटाएको छैन । पार्टीको नाम र साईनबोर्ड बन्न ढिलाई हुँदा साविक पार्टीको नाम कार्यालयबाट हटाउन नसकिएको जनाईएको छ ।
वि.स. २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो । गत आईतवार सर्वोच्च अदालत केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारिक्ता नदिने फैसला गरेको थियो ।