News

जन्ती वोकेको माईक्रो दुर्घटनाः १२ जना घाईते, २ जना गम्भिर

जन्ती वोकेको माईक्रो दुर्घटनाः १२ जना घाईते, २ जना गम्भिर

सप्तरीको वोदेवरसाइनमा मंगलवार जन्ती बोकेको माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भिर छ ।

बोदेबर्साईन नगरपालिका–८ काचनबाट जन्ती बोकेर बिष्णुपुर गाउँपालिका–१ मधेपुरा गएको ना १ ज ८९३८ नम्बरको माईक्रो वेहुली लिएर घर फर्किने क्रममा बिष्णुपुर–बर्साईन सडक खण्डमा दुर्घटना भएको थियो । तीव्र गतिका कारण अनियन्त्रित भई माईक्रो दुर्घटना भएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर बिरेन्द्र पासमानले वताए ।

दुर्घटनामा बोदे बर्साईन नगरपालिका– ८ काचनका ४५ वर्षिय बच्चालाल दास र २९ वर्षिय देवनारायण दास गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरूको रुपनी गाउँपालिका १ स्थित युनिक अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, २३ वर्षीय रबिनकुमार दास, ५० वर्षीय राम दास, ३५वर्षीय शिवकुमार दास, २२ वर्षीय शंकर साह, २५ वर्षीय विजय कुमार यादव, गाडी चालक २५ वर्षीय मुकेशकुमार चौधरी, ३० वर्षीय जयप्रकास साह, २३ वर्षीय चन्देश्वर साह, १७ वर्षीय तेजकुमार दास, १८ वर्षीय दिपककुमार यादव, १८ वर्षीय कृष्णकुमार दास, १९ वर्षीय उमेशकुमार यादव पनि घाईते भएका छन् ।

उनीहरुको सप्तरीका विभिन्न अस्पतालमा उपचार भईरहेको छ । घाइते अधिकांशको हातखुट्टा, टाउँको, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेको इलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख अरुण सिंहले जानकारी दिए । 
 

विशेष