News राजनीति

अदालतले छुट्याएपछि पहिलो पटक माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाइयो

अदालतले छुट्याएपछि पहिलो पटक माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाइयो

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाएको छ।

मंगलवार दिउँसो १ बजेका लागि माओवादी केन्द्रको बैठक बोलाइएको नेतृ पम्फा भुसालले जानकारी दिइन्। वैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ।

‘समसायिक राजनीतिक विषयमा वैठक केन्द्रित हुनेछ। विशेषगरी केन्द्रदेखि तलसम्मका संगठनका बारेमा छलफल हुनेछ,’ भुसालले भनिन्, ‘ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने विषयमा पनि छलफल हुन सक्छ।’

सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्रले अलग–अलग गतिविधि हुन थालेका हुन् । नेकपा एमालेका नेता÷कार्यकर्ताले नुवाकोट, मोरङ्ग, काभ्रे, झापा र काठमाण्डौंको धुम्रवाराहीमा पार्टी कार्यको वोर्ड समेत फेरेका छन् । नेकपाको वोर्ड हटाएर नेकपा एमालेको वोर्ड झुन्ड्याईएको छ । 
 

विशेष