News अर्थ अपराध सुरक्षा

१३ वर्षअघिको कर्जामा सञ्चालकले फसाउन खोजेपछि विओकेका सिइओ तनावमा

१३ वर्षअघिको कर्जामा सञ्चालकले फसाउन खोजेपछि विओकेका सिइओ तनावमा

१३ वर्षअघिको खराव कर्जा प्रकरणमा सञ्चालक र ऋणीको दवाव थेग्न नसकेर बैंक अफ काठमाण्डू (बिओके)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) शोभनदेव पन्त चर्को दवावमा परेका छन् । डुवेको कर्ता ३५ दिनभित्र उठाउनु पर्ने नत्र अर्को सातदिन भित्र थप छानविन तथा अनुसन्धान गरी कारवाही प्रकृया अगाडि वढाउन राष्ट्र वैंकवाट निर्देशन आएपछि उनी दवावमा परेका हुन् ।

धितो विना लगानी  गरिएका कारण कर्जा उठ्न नसक्ने र कारवाही अगाडि नवढाउन सञ्चालकवाटै दवाव आएपछि उनी तनावमा छन् । यहि दवाव र तनाव थेग्न नसेकर सिइओ पन्त १ मार्च २०२१ देखि विदामा वसेका छन् । निकट स्रोतका अनुसार पन्त तत्कालै काममा फर्किने सम्भावना छैन । विदामा वसेका सिइओ काममा नफर्कने वरु राजिनामा दिने मनस्थितीमा रहेको श्रोतले जनाएको छ।

राष्ट्र बैंकले ३५ दिनभित्र कर्जा असुल नगरे ऋणी कम्पनी ग्रीनलाइन इन्टरनेशनल प्रालिका संचालक, व्यक्तिगत जमानीकर्ता र बैंकका पदाधिकारीमाथि कारवाही अगाडि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई लेखेर पठाउनसमेत बैंकलाई निर्देशन दिइएको छ।

बैंक सुपरिवेक्षण विभागका तर्फबाट कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्रीले गत माघ २८ गते बिओकेलाई पत्र लेख्दै ३५ दिनभित्र ऋण उठाइसक्न र नउठेमा अर्को सात दिनभित्र थप छानबिन तथा अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ड्युटी फ्री पसलका लागि ०६४ सालमा उक्त ऋण दिइएको थियो। त्यसबेला बैंकको संचालक समिति अध्यक्ष सञ्जय शाह थिए भने प्रबन्ध निर्देशकमा राधेश पन्त थिए। त्यसबेला ८ करोड ४० लाख रुपैयाँ ऋण दिइएको थियो। उनीहरुले लगेको ऋण छोटो समयमै खराब कर्जामा परिणत भयो। त्यो ऋण नतिरेपछि अहिले करिब १७ करोड रुपैयाँ पुगिसकेको छ।

यो ऋण पारित गर्दा पन्तसहित तत्कालिन प्रमुख व्यवसाय अधिकृत (सीबीओ) अजय श्रेष्ठ, सागर थापा, राज रिमाल र सुनिग्धा थिइन्। यो ऋण भुक्तानी नभएमा पन्तसहितका सबैलाई बैंकिङ कसुरको आरोपमा अनुसन्धान गर्न बैंकले प्रहरीलाई पत्र पठाउनुपर्नेछ।
 
ग्रीनलाइनको प्रोमोटरमा डम्बरबहादुर मल्लसहितको टीम थिए। डम्बरका श्रीमती रिता मल्ल बैंक अफ काठमाण्डूकी संचालक थिइन्। पतिको सेयर रहेको कम्पनीमा आफू संचालक समितिको सदस्य रहेको बैंकबाट ऋण दिइएको थियो। यता कम्पनीको अर्का संचालक प्रा डा. हेमराज सुवेदी छन्। उनी अहिले बैंकको संचालक समेत हुन्। 

यो ऋणको व्यक्तिगत जमानीकर्तामा श्रीहर शम्शेर जबरा, किरण शेखर अमात्य, यशेस्विका राज्यलक्ष्मी राणा र हेमराज सुवेदी छन्। ऋण भुक्तानी नभएमा उनीहरु माथि पनि बैंकले कारवाहीका लागि प्रहरीलाई आग्रह गर्नुपर्ने छ ।

यहि प्रकरणमा सञ्चालकहरु राधेश पन्त र प्राडा हेमराज सुवेदीले चर्को दवाव दिन थालेपछि सिइओ पन्त तनावमा रहेको स्रोतका दावी छ । विओकेमा काम गर्ने वातावरण नभएको र कुन समयमा फसिने हो टुङ्गो नभएकाले सवै तनाववाट मुक्त हुन उनले राजिनामा नै दिने तयारी गरेको जनाईएको छ । 

वैंकका मान्छेले आफनै सिइओलाई फसाउँछन् भन्ने विगतको अनुभवका कारण पनि उनी त्रसित र आतंकित भएको स्रोत वताउँछ ।

काममा नआएको र राजिनामा दिने तयारीमा रहेको विषयमा सिइओ पन्तले भने प्रतिक्रिया दिन चाहेनन् । उनीसँग राखिएको जिज्ञासामा पन्तले कुनै कुरामा प्रतिक्रिया दिएनन् ।

खराव कर्जा धितो विना लगानी त्रसित र आतंकित राजिनामा नै दिने तयारी

विशेष