प्रदेश नम्बर २ मा कोरोनाको जोखिम बढियो

प्रदेश नम्बर २ मा कोरोनाको जोखिम बढियो

जनकपुरधाम
खुला सिमा  र सर्वसाधारणको लापवाहीको कारणले प्रदेश नम्बर २ मा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेको छ । बजारमा हिडडुल गर्नेहरु स्वास्थ्य सचेतना नअपनाएको कारणले समस्या देखिएको छ । शनिवार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना सक्रिय संक्रमितको संख्या १ सय ७ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिएका छन् ।पछिल्लो २४ घण्टामा ३७ जनाको पिसिआर टेस्ट गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिएका छन् ।शनिवार बारामा ५ र पर्सामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस सँगै यस प्रदेशमा कोरोेना संक्रमितको संख्या १७ हजार ३ सय १४ पुगेको छ ।
हाल पर्सामा सबैभन्दा बढी ५५ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै बारामा ३१, धनुषामा १२, महोत्तरीमा ४, सर्लाहीमा २, सप्तरी, सिरहा र रौतहटमा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
 

जनकपुरधाम खुला सिमा

संम्बधित खबर

विशेष