News

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् ।

महासंघको अध्यक्षमा विपुल पोख्रेल २ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन् । अध्यक्ष पोख्रेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलकी निर्मला शर्मालाई पराजित गरेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई हराउँदै रमेश विष्ट विजयी भएका छन् । महिला उपाध्यक्षमा दाना केसी सुवेदीलाई हराउँदै बाला अधिकारी निर्वाचित भएकी छन् । 

समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोख्रेल समूहका उदय जिएम निर्वाचित भएका छन् भने महासचिवमा रोशन पुरीले विजय बनेका छन् ।

खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई हराउँदै गोविन्द्रप्रसाद चौलागाईं, महिला सचिवमा निमा काफ्लेलाई पराजित गर्दै सिर्जना अर्याल र आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् ।

सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । 

यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने, सदस्यहरुमा खस आर्यतर्फ सरिता तिम्सिना, आदिवासी जनजाति महिलातर्फ सञ्चकुमारी लामा तामाङ, मधेसीतर्फ ललिताकुमारी साह, आदिवासी जनजातितर्फ शान्ति आङबुहाङ, महिला–दलिततर्फ सरिता बराइली र आदिवासी जनजातितर्फ भीषण राई विजयी भएका छन् ।

विशेष