News फोटो

देशको दृष्य

देशको दृष्य

१४ फोटोमा देशको दृष्य। फोटो : रासस


पौडीमा रमाउँदै युवायुवती– आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्यले रु ११ करोडको लागतमा भक्तपुर सूर्यविनायक नगरपालिका पलासेमा आजबाट सञ्चालनमा आएको ‘काठमाडौं फन भ्याली’ मा लाईभ म्युजिकसँगै पौडीमा रमाउँदै युवायुवती ।

 

शुभकामाना– नेपाल पत्रकार महासंघको अध्यक्ष विजयी विपुल पोखरेललाई बधाई तथा कार्यकालको शुभकामाना दिँदै अध्यक्ष पदका अर्की उम्मेदवार निर्माला शर्मा ।

 

धिमे बाजा प्रतियोगिता– ओसला नेपाल मध्यपुर थिमिद्वारा शनिबार आयोजित उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा धिमे बजाउँदै प्रतियोगी । प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुरका ३३ समूहको सहभागिता थियो ।

 

मिनी ग्रेटवाल निर्माण– बन्दिपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरीमा निर्माण गरिएको चार किलोमिटर लामो मिनीग्रेटवाल । पछिल्लो समय बन्दिपुरको मिनीग्रेटवाल हेर्न आउने आन्तरिक पर्यटकहरुको संख्या बढ्दै गएको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

 

खानेपानी अभाव– खानेपानी बोकेर बजारतर्फ आउँदै महिला । बागलुङ बजारको दिर्घकालिन समस्याको रुपमा रहेको खानेपानी समस्या समाधान नहुँदा बागलुङ बजारवासी तित्याङ्क मुलबाट खानेपानी बोकेर ल्याउन बाध्य भएका छन् ।

 

चाकलसँग एक मिनेट– सवारी चालकका असावधानीका कारण हुने दुर्घटना कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले सुरु गरेको ‘चालकसँग एक मिनेट’ सचेतना कार्यक्रमअन्तर्गत बागलुङका सडकमा चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी ।

 

झोलुङ्गे पुलको लट्ठा तान्दै– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानी र कोटगाउँको सिमानामा पर्ने घोप्टेखोलामाथि निर्माण हुन लागेको झोलुङ्गे पुलको लट्ठा तान्दै । पूर्वाधार विकास कार्यालयले रु दुई करोड ६२ लाखको लागतमा पुल बनाउन लागेको हो ।

 

माछा बेच्न बसेका महिला– पोखरा महानगरपालिका–६ हल्नचोकस्थित शनिबार  माछा बेच्न बसेका महिला । जलवायु परिवर्तनको असरले  फेवातालमा  माछा घट्दै गएकाले  उनीहरुलाई दैनिक गुजरामा समस्या  आएको छ ।

 

प्रतियोगिताका प्रतिस्पर्धी– ओेस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा शनिबार बालकुमारीमा भएको बाजा प्रतियोगिताका प्रतिस्पर्धी ।

 

व्यावसायिक बङ्गुरपालन– जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ स्थित मालेबगर निवासी विक्रम कार्कीले व्यावसायिक रुपमा पाल्नु भएको बङ्गुर । पछिल्लो समय पशुपालन र कृषितर्फ मानिसहरुको आर्कषण बढ्दै गएको पाइन्छ ।

 

डढेलो नियन्त्रणमा सशस्त्र– तनहुँको भानु नगरपालिका–४ स्थित आहालडाँडा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरी बल मनकामना गणको टोली ।

 

भैँसी डोडाउँदै बालक– विराटनगरको महेन्द्रचोक भित्र भैँसी डोडाउँदै   बालक । मासु खपतको लागि विराटनगर ल्याइएका यस्ता चौपाया विराटनगरका सडकमा प्राय देखिन्छन् ।

 

निर्माणको अन्तिम चरणमा बागलुङ बसपार्क– बागलुङ नगरपालिका–४, दाबगरामा निर्माणको अन्तिम चरणमा रहेको आधुनिक बागलुङ बसपार्क । सो बसपार्क फेवा जेभीले रु.सात करोडमा निर्माणको जिम्मा लिएको थियो ।

 

खैजडीको तालमा कौरा गाएर पाहुनालाई स्वागत– तनहुँको भीमाद नगरपालिका–५, मिर्छुलुङका पुरुष पाहुनालाई खैजडीको तालमा कौरा गाएर स्वागत गर्दै । मगर समुदायमा कौरा प्रख्यात छ ।

देशको दृष्य

विशेष