तीन सय हेक्टर अतिक्रमित वन पुनः वन क्षेत्र कायम

तीन सय हेक्टर अतिक्रमित वन पुनः वन क्षेत्र कायम


बारा
विभिन्न समयमा भएको वन अतिक्रमणलाई हटाउँदै डिभिजन वन कार्यालय , बाराले अतिक्रमित जग्गा फिर्ता गराउँन थालेको छ । जिल्लाका करिब तीन सय हेक्टर अतिक्रमित वनलाई पुनः वन क्षेत्र कायम गराउँन सफल भएको हो । 
राजनीतिक अस्थिरता र द्वन्दको समयमा जिल्लाका विभिन्न स्थानमा करिब तीन सय हेक्टर वन अतिक्रमित भएको डिभिजन वन कार्यालय , बाराले जनाएको छ । डिभिजन वन कार्यालय , बाराले निजगढ नगरपालिका वडा नं.११ स्थित लाल , जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ स्थित चकरी , कोल्हवी नगरपालिकाको मधुवनमा ५ र बोधवन गरि करिब ३ सय हेक्टर वन क्षेत्रको अतिक्रमण हटाई पुनः वन क्षेत्र कायम गरेको छ । वन क्षेत्र कायम भएका स्थानहरुमा वृक्षारोपण समेत गरिएको डिभिजन वन कार्यालय , बाराले जनाएको छ ।
  पछिल्लो समय नेपाली सेनाद्वारा निर्माणाधिन राष्ट्रिय गैरव आयोजना अन्तरर्गत फास्ट ट्रयाक निर्माणको क्रममा कटान भएको रुखको क्षति बापत गरिने वृक्षारोपणका लागि स्थान छनोंटको क्रममा डिभिजन वन कार्यलय बाराले सेनाको सहयोगमा अतिक्रमित भएका क्षेत्रमा पूर्ण वृक्षारोपण गरि अतिक्रमित जमिन फिर्ता लाउँन सफल भएको डिभिजन वन कार्यालय बारा सिमराका प्रमुख मंजुर आलमले बताए ।उनले विभिन्न व्यक्तिहरुले जग्गा अतिक्रमण गरेको ती जग्गाहरु प्ुनः कायम गरेर त्यसमा वृक्षारोपणको कार्यको थाल्नी गरिएको बताए । 
 अतिक्रमित वन क्षेत्र फिर्ता गराउँन समुदायका अगुवा , स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र बिभिन्न सरोकार वालाहरुसँगको छलफल तथा अन्तरक्रियाबाट बल प्रयोग नगरी वन फिर्ता गराउँन कार्यालय सफल भएको छ । अतिक्रमित जग्गा पुनः वन क्षेत्रमा फर्काउँन वन कार्यालय मात्रै नभई सबै जनाको साथ र सहयोगले यो संम्भव भएको डिभिजन बनका प्रमुख आलमले बताए ।
वृक्षारोपण देखि रेखदेख गर्न समेत सेनाले जिम्मा लिएको कार्यालयले जनाएको छ । उक्त अतिक्रमित वनका साथै अन्य वनलाई समेत समेटेर सामुदायिक वन बनाई उपभोक्तालाई नैं हस्तान्तरण गर्ने कार्य भईरहेको समेत डिभिजन प्रमुख आलमले बताए ।
  यस बाहेका जिल्लाको अन्य क्षेत्रका अतिक्रमित भु–भाग समेत फिर्ता लिएर त्यस जमिनमा समेत बृक्षारोपण गर्ने देखि विरुवाको रेखदेख र संरक्षण गर्न तिनै समुदायलाई जिम्मा लगाईएको छ । अतिक्रमित वनलाई पुनः वन क्षेत्रमा कायम गरी बिधि र प्रकृया मिलाएर समुदायलाई नैं हस्तारण समेत गरिएको छ ।
  बाराको कुल ४५ हजार हेक्टर भु–भाग ओगटेको बाराको जंङ्गल अहिले घटेर ३१ हजार हेक्टरमा सिमित भएको कार्यालयको तथ्यांकले देखाउँछ । कतिपय बाराको जंङ्गल राष्ट्रिय गौरवका आयोजना फास्ट ट्रयाक , दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल , निकुञ्ज विस्तारले समेत ओगटेको छ ।
  पछिल्लो ५ वर्ष यता बारामा संस्थागत र अन्य गरी ११.६४ हेक्टर जंगल अतिक्रमणको चपेटामा परेको तथ्यांकले देखाउँछ । यति हुँदा हुँदै पनि समग्र मुलुकको जंङ्गलको अवस्था भने ३९.७ प्रतिशतबाट बढेर ४४.६ प्रतिशत भएको तथ्यांकमा उल्लेख छ ।
 

बारा वन अतिक्रमण सिमरा

संम्बधित खबर

विशेष