News राजनीति

मापदण्ड विपरितका पदक खारेज गर्न माग गर्दै युवा संघको प्रदर्शन

मापदण्ड विपरितका पदक खारेज गर्न माग गर्दै युवा संघको प्रदर्शन

देशका विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरूलाई वितरण गरिएको विभुषणमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको विरोधमा शनिवार युवा संघ नेपालले काठमाण्डौंमा प्रदर्शन गरेको छ ।

सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूह निकट युवा संघ नेपालका नेताहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा ‘लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा खोई ?’, ‘नेपालको पूर्ण नक्साको प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड प्रयोग गरिएको छ । प्रदर्शनकारीले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याउ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लागयतका नारा लगाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिईन। पदकहरूमा नेपालको पुरानै नक्सा प्रयोग गरिएको छ । गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएपछि युवा संघ नेपालले प्रदर्शन गरेको हो । 

मापदण्ड पदक खारेज गर्न माग युवा संघको प्रदर्शन

विशेष