News राजनीति

यस्तो छ प्रचण्डको प्रेम प्रसंग– डिभोर्स भएपनि त्यो लभ त गएको छैन नि !

यस्तो छ प्रचण्डको प्रेम प्रसंग– डिभोर्स भएपनि त्यो लभ त गएको छैन नि !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने र आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीलाई चौथो पार्टी बनाउने दावी गरेका छन् ।

माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले नयाँ सरकार गठनसँगै चुनावमा केपी ओलीले नेतृत्व गरेको बाहेकका दलहरुको मोर्चा बनाउने उनले जिकिर गरे । 

कांग्रेसले सरकार गठनमा चासो देखाएको वताएका उनले ‘केपीले बर्बाद पार्यो, सत्ता कब्जा गर्यो’ भन्दै कांग्रेस आगाडि वढ्नु ठुलो कुरा भएको दाहालले वताए । शुक्रवार देउवा निवास वुढानिलकण्ठमा भएको तीन दलिय वैठकको वेलिविस्तार लगाएका उनले जसपाले पनि पार्टीमा सल्लाह गरेर एकदुई दिनभित्रै टुंग्याउँछु भनेकाले केही दिनभित्र नयाँ सरकार गठन हुने दावी गरे । 

शनिबार भएको कर्मचारीको कार्यक्रममा माधवकुमार नेपाल समूहका नेताले आफूहरुले भन्दा राम्रो बोलेको सुनाउँदै दाहालले भने, ‘अर्कोले डिभोर्स गरिदिए पनि त्यो लभ त गएको छैन नि ।’ उनले नेकपा एमालेको एउटा पक्षसँग मोर्चा बनिराखेकै अवस्था रहेको जानकारी दिए ।
 

डिभोर्स प्रचण्डको प्रेम प्रसंग

विशेष