News

माधव नेपाललाई वास्कोटाको प्रश्न– प्रचण्डको पार्टीमा छलाङ मार्नेकी आफनै गुट वनाउने ?

माधव नेपाललाई वास्कोटाको प्रश्न– प्रचण्डको पार्टीमा छलाङ मार्नेकी आफनै गुट वनाउने ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीका निलम्वित नेता माधवकुमार नेपाललाई प्रचण्डको पार्टीमा छलाङ मार्नेकी आफनै विधिवाला गुट वनाउन पाउँ भन्दै मुद्दा हाल्ने ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पूर्व सञ्चारमन्त्री बाँस्कोटाले यसरी प्रश्न सोधेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्–‘भैगो ल, एकछिन कमरेड माधवकै कुरा मानिदिउँ केपी ओलीले गुट चलाएकै हुन रे । अनि प्रचण्डको छुट्टै गुट छदै थियो। आज प्रश्न यो खडा भयो कि कमरेड नेपाल ओलीको एमाले पार्टीमा बस्ने कि पुष्पकमलको महान पार्टीमा छलाङ मार्ने वा आफ्नै विधिवाला गुट बनाम्न पाऊ भन्दै मुद्दा हाल्न जाने? लौन ! निर्णय पाउँ।’
 

विशेष