News राजनीति

आँट भएका र हिम्मत भएकाहरू हामी हौंः माधव नेपाल

आँट भएका र हिम्मत भएकाहरू हामी हौंः माधव नेपाल

नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले ‘आँट भएका र हिम्मत भएकाहरू हामी हौं’ भन्दै केपी ओली पछुवा मात्र भएको वताएका छन् । ओलीले प्रतिगामी शक्तिसँग साँठगाँठ गरिरहेको आरोप लगाएका नेपाल समाजका पछुवा तत्वमध्ये पर्ने वताए ।

बिहीबार पोखरामा आयोजित आफू पक्षीय कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता नेपालले ‘ओली अहिले पनि प्रतिगामी तत्वसँग साँठगाँठ गरिरहेका छन्’ भने।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निजी कम्पनी बनाउन चाहेको र आफ्ना समर्थकको समूह बनाउन चाहेको आरोप लगाए। ‘उनी प्राइभेट लिमिटेड कम्पनी, सानो गुटको रुपमा उनको आदेश पालना गर्ने व्यक्तिको समूह लिएर चल्न चाहन्छन्’– नेपालले भने।

केपी ओलीले गरेको कारबाही आफुहरुले नटेर्ने वताएका उनले भने–‘केपी ओलीले काराबाही गरेर कसले टेर्छ, कसले मान्छ ? उसले मलाई वरिष्ठ नेताबाट हटाएर, स्थायी कमिटीबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलाई हटाएर हट्ने कुरा हुन्छ? एमाले केपी ओलीको निजी कम्पनी हो ?’

अध्यक्ष ओलीले पार्टी हित विपरीत काम गरेको भन्दै चैत १६ मा नेता नेपाल र उपाध्यक्ष भिम रावललाई ६ महिनाको लागि निलम्बन गरेका थिए भने बिहीबारमात्रै सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि निलम्बन गरेका छन् । 

विशेष