News राशिफल

२०७७ चैत्र २९ गते आईतवारको राशिफल

२०७७ चैत्र २९ गते आईतवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन खासै शुभ देखिएको छैन। आयश्रोत घट्ने छ। सामाजिक काममा असफल भइएला। स्वास्थ्यले साथ दिने छैन। मान सम्मानमा ठेस पुग्न सक्छ। शिक्षामा निराशा वढ्ने छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
समय अनुसारको फाईदा लिन सकिने छ। कठिन काम पनि सहज रुपमा वन्नेछन् । आर्थिक श्रोत वढ्ने छ। राजनीतिमा सफलता मिल्ने छ। स्वास्थ्य सामान्य रहला।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
कष्टकर दिन रहने छ। काममा विघ्न पर्ने सम्भावना छ। शिक्षामा आलस्य हुनेछ। नेतृत्व गुम्ने खतरा छ। परिवारमा दुःख कष्ट हुनेछ। दुर्घटनाको सम्भावना समेत देखिएको छ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सामाजिक काममा नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने छ। सत्रुहरु पराजित हुनेछन् । शिक्षामा सफलता मिल्ने छ। पेटको समस्यावाट छुटकारा मिल्ने छ। प्रतिष्ठा वढ्ने छ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
चोरीको अभियोग लाग्न सक्छ। सत्रुहरु सक्रिय हुनेछन् । दुर्घटना हुन सक्ने सम्भावना छ। शिक्षा सामान्य रहला। निराशामा दिन वित्ने छ। सतर्क रहनु राम्रो होला।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
प्रेममा सफलता मिल्ने छ। सत्रुहरु पराजित हुनेछन् । राजनैतिक सफलता मिल्ने छ। वैदेशीक यात्रा हुन सक्छ। आर्थिक संकट पर्न सक्छ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
खुट्टाको समस्याले सताउन सक्छ। शिक्षामा निराशा जाग्न छ। राजनीतिक सफलता मिल्ने छ। आस गरेको ठाउँवाट साथसहयोग पाईने छैन। विश्वासघात हुनेछ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
शिक्षामा सफलता मिल्ने छ। पैत्रिक सम्पत्ति प्राप्त हुन सक्छ। वैदेशिक यात्राको योग छ। आफनो कलाको मुल्यांकन हुने समय छ। स्वास्थ्य सामान्य रहला।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
कुनै पनि प्रकारको यात्रा नगर्नु उत्तम हुनेछ। वाहन (सवारी) जोड्ने प्रयास नगरेको राम्रो । शिक्षामा उन्नती देखिएको छैन, अपजस पाईने सम्भावना छ। स्वास्थ्यले पनि साथ नदिन सक्छ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सामाजिक काममा सफलता पाईने र मान प्रतिष्ठा वढ्ने छ। पर्याप्त साथ सहयोग पाईने छ। स्वास्थ्य समस्याहरु समाधान हुनेछन् । पढाई लेखाईमा उत्साह जाग्ने छ। पारिवारीक सुख प्राप्त हुनेछ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
प्राकृतिक संकट पर्ने सम्भावना छ। सञ्चित धन क्षती हुन सक्छ। वोलीको गलत अर्थ लाग्ने छ। शिक्षा सामान्य छ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
प्रयास गर्दा अस्वभाविक काम पनि वन्ने छन्। मानशिक चिन्ता हट्ने छ। सत्रुहरु परास्त हुनेछन्। राजनीतिमा सफलता पाईएला। स्वास्थ्य सामान्य रहला।

– शेषराज पराजुली

राशिफल

विशेष