News

कर्मचारीलाई इमान्दारितका साथ काम गर्न निर्देशन 

कर्मचारीलाई इमान्दारितका साथ काम गर्न निर्देशन 


जनकपुरधाम
मुख्यमन्त्री लालबाबु राउतले बजेट कार्यान्वयनको लागी कर्मचारीहरुलाई इमान्दारितका साथ काम गर्न निर्देशन दिएका छन । 
आर्थिक मामिला तथा योजना मन्त्रालयले  जनकपुरधाममा आयोजना गरेको दोस्रो चौमासिक समिक्षा तथा अगामी आ.व.को पूर्व बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन । 
छलफलको क्रममा विभिन्न मन्त्रालयका सचिवहरुले दक्ष जनशक्तिको आभावका कारण बजेट कार्यान्वयनमा समस्या भई रहेको भन्दै गरेको गुनासोको जवावमा मुख्यमन्त्री राउतले प्रदेशमा रहेका कर्मचारीहरुको क्षमताको अधिकत्तम उपयोग गर्नु पर्नेमा जोड दिए । 
आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा मुख्यमन्त्री राउतले सरकारले ल्याउने नीति तथा कार्यक्रम र प्रदेश सरकारको आवधिक योजनामा केन्द्रित भएर बजेट ल्याउन समेत निर्देशन दिए । 
आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग , पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, आर्थिक मामिला तथा योजना राज्य मन्त्री उषा यादव, कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव गोकर्ण मणि दुवाडी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितले सम्बोधन गरेका थिए । 
कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरुले मन्त्रालयको दोस्रो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 

मुख्यमन्त्री लालबाबु राउत

विशेष