News

अदालतले देशको राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको नारायणकाजीको आरोप

अदालतले देशको राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको नारायणकाजीको आरोप

नेकपा (माओवादी) केन्द्रले एमाले–माओवादी ब्युँताउने फैसलामाथि गरेको पुनरावलोकन स्वीकार नगर्ने सर्वोच्च अदालतको निर्णयप्रति असहमति जनाउँदै अदालतले देशको राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाएको छ।

एमाले–माओवादी ब्युँताउने फैसलामाथि गरेको पुनरावलोकन स्वीकार नगर्ने सर्वोच्च अदालतको निर्णयप्रति प्रतिक्रिया जनाउँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विहिवारको निर्णय पनि राजनीतिक भएको वताए । 

उनले ट्वीट गर्दै लेखेका छन्–‘सर्वोच्च अदालतले २०७७÷११÷२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो। यो गलत निर्णयप्रति हाम्रो तीव्र असहमति छ। अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ, जागौं ।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सर्वोच्च निवेदन दर्ता गराएका थिए ।
 

माओवादी केन्द्र सर्वोच्च अदालत नारायणकाजी

विशेष