युवाहरु कृषि पेसामा आर्षित बन्दै,बजारीकरणको समस्या

युवाहरु कृषि पेसामा आर्षित बन्दै,बजारीकरणको समस्या


गौर
रौतहटका कृषकहरु व्यवायासीक तरकारी खेती र पुशपालन तर्फ आकिर्षत भएका छन । परम्परागत कृषि पेसाले भन्दा व्यवसायीकक कृषि पेसाले आर्थिक उपार्जन सबल हुदा पुरानो पुस्तासंगै नयां युवा पुस्ताको पनि आकर्षण बढेको छ ।

कृषि उत्पादन संगै बजारीकरणको समस्या कृषकहरुलाई रहने गरेको छ । चन्द्रपुर नगरपालिकाले पालन सम्बन्धी कार्यविधि बनाएर स्थानिय तहमा नै पुशपंक्षी फर्म दर्ता गर्ने व्यवस्था मिलाएको छ । सो नगपालिकामा कृषि फार्म दर्ता गर्न चाहिने कृषकहरु जिल्ला सदरमुकाम गौर जाने वाध्यताको अन्तय भएको छ । चन्द्रपुर नगरपालिकाका पुश विकास अधिकृत खडककुमार मैनालीले यस आर्थिक वर्ष देखि पशुपालत सम्बन्धी फर्म दर्ता स्थानिय तहमा नै गर्ने व्यवस्था मिलाएर पछि कृषकहरु यस तर्फ आकर्षित भएका छन । उनले पशुपालन सम्बन्धी ६ वटा कानुनहरु पास गरेपछि कृषकहरुलाई व्यवयासी गर्नको निमित सहज भएको बताए । 
भेटनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्र अनुसार रौतहट जिल्लामा अहिले सम्म १ सय ५५ व्यवायासी गाई, भैसी फर्म ६१ वटा बाख्रा फर्म १ सय ४४ वटा वाईलर खुकुरा फर्म ,सात वटा बंगुर फर्म दर्ता भईसकेका छन । सो कार्यालयमा यस आर्थिक वर्षमा मात्रै ५० भन्दा बढि पुश फर्म दर्ता भएका हुन । वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको रोजाईपनि पछिल्लो समय व्यवसायी कृषि नै बन्दै गएको छ । रौतहटका कृषक नारायण जीसिका अनुसार फर्म स्थपना गरेको तिन वर्ष भएको जानकारी दिए । उनले आफु पांच वर्ष विदेशमा बसेर आएको र यहा आउदा केही काम गर्नु पर्छ भन्दै कृषि फर्म संचालनमा ल्याएको बताए । जिसिले फर्म स्थापना गर्ने बेलामा ४० लाख लगानी गरेको बताए । 
पछिल्लो समय पढे लेखाका युवाहरु पनि कृषिमा आर्षित भईसकेका छन । युवाहरुलाई विदेशका सटटा स्वदेशमै सरकारले कृषि तर्फ प्याकेज ल्याए काम गर्न सजिलो हुने कृषकहरु बताउछन । कृषि उत्पादन संगै सबै भन्दा ठुलो समस्या कृषकलाई बजारीकरणको रहेको छ । कृषक राजु परियारका अनुसार विदेश गएर आएपछि आफनो मुलुकमा केही गर्नुपर्छ भन्दै कृषि पेसामा लागेको बताए ।व्यवसायीक कृषि पेसामा लागेपनि राज्यले चासो नदिदा कृषकहरु चिन्तामा पर्ने गरेका छन । कृषकहरुले उत्पादन कृषि उपजहरु बजार र भनेको जति मुल्य नपाउदा उनिहरु निरास बन्ने गरेका हुन । कृषकहरुले कृषि क्षेत्रको विकासको लागि तिनै तहको सरकार बिचमा सम्बन्वयको खाचो रहेको बताउछन ।
 

गौर रौतहटका कृषक

संम्बधित खबर

विशेष