सिरहामा गोली प्रहार गरि एक व्यवसायीको हत्या

सिरहामा गोली प्रहार गरि एक व्यवसायीको हत्या


सिरहा
सिरहामा गोली प्रहार गरि एक जना सुनचांदी व्यवसायीको हत्या गरिएको छ । प्रहरीका अनुसार लहान नगरपालिका– २३ गड्डाचोक डेरा गरी बस्ने अन्दाजी ४५ वर्षीय प्रदीप कुमार विश्वकर्माको अज्ञात समूहको आक्रमणमा परी मृत्यु भएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको जनाएको छ । उनलाई लुटपाट गर्ने उदेश्यले हत्या गरिएको हो वा अन्य कुनै कारण हो यस विषयमा तत्काल भनिने अवस्था नरहेको जनाएको छ । 
मृतककी श्रीमती ३५ वर्षीया अनिता विश्वकर्मा घाइते भएकी छन् । उनको हातमा धारिलो हतियार प्रहार भएको सिरहाका एसपी सुदीपराज भण्डारीले बताए । घाइते अनिताको लहानस्थित सप्तऋषि अस्पताल उपचार भइरहेको भण्डारीले बताए । ‘गोली र खुकुरी प्रहारबाट उहाँको हत्या भएको देखिन्छ,’ उनले भने, ‘उहाँकी श्रीमती सामान्य घाइते हुनुहुन्छ ।’ उनको हातमा चोट लागेको छ ।घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
लहान नगरपालिका वडा नम्बर ७ का रामकृष्ण चौचरी र सूर्य सहनी पक्राउ परेका हुन् । चौधरीलाई फलामको रड बोकेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ।


बम विस्फोटमा संलग्न थप एक पक्राउ

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु भन्ने रामजतन मुखिया रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान–१ लोकतन्त्रचोकबाट मुखियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनुभयो । एक कर्मचारीसहित आठ घाइते हुने गरी यही चैत १ गते भएको प्रेसर कुकर बम विस्फोटमा संलग्न रहेको आरोपमा सिरहाको सुखीपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरीलाई पक्राउ गरेको थियो । बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो ।

सिरहा सिरहामा गोली

संम्बधित खबर

विशेष