News अन्तरवार्ता भिडियो अर्थ

'प्रत्येक भारतीय र नेपालीको घर–घरमा नेपालको पानी र विजुली पुर्याउनु पर्छ'

'प्रत्येक भारतीय र नेपालीको घर–घरमा नेपालको पानी र विजुली पुर्याउनु पर्छ'

उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवम् उर्जा उद्यमी शैलेन्द्र गुरागाईँले हाईड्रो पावरको विरोध गर्नेहरु देशका अपराधी भएको वताएका छन् । नेपाल आजसँगको विशेष कुराकानीमा उद्यमी गुरागाईले नेपाललाई समृद्ध वनाउने एक मात्र विकल्प नै हाईड्रो पावर भएकाले त्यसको विरोध गर्नेहरु समृद्धि विरोधी र समग्रमा देशकै अपराधी भएको वताए । 

‘नेपालमा ठुला आयोजना वनाउन, ठुलो वाटो वनाउन, ठुला संरचना वनाउन हुँदैन भन्ने चाहीँ नेपालीहरु सधैं गरिवीमा रहि रहुन भन्ने स्वार्थवाट प्रेरित भएकाहरु हुन जस्तो लाग्छ’ उनले भने–‘अरु सम्पन्न हुँदा औडाहा हुन्छ र भतभती पोल्छ– उसलाई।’

जापन किन धनी भयो ? भन्दै उनले राम्रो सडक, राम्रा होटल, राम्रा उद्योग र सवैले स्वदेशमै रोजगारी पाएका कारण जापानले प्रगति गरेको वताए । ‘त्यो कुरा स्वदेशमा हुनु हुँदैन भनेर जसले भन्छनी, त्यो देशको अपराधि हो भनेर चिन्नु पर्छ । कि त त्यो भारतवाट संचालित छ अथवा कुनै विदेशीवाट सञ्चालित छ र नेपाल समृद्ध हुन नदिन प्रयासरत छ। नेपालीहरु समृद्ध भएको देख्न सक्दैन। उ आफै समृद्ध भई रहुँ भन्ने मात्रै सोच्छ।’

‘यस्ता आयोजनाले त नेपाललाई घाटा हुन्छ र भारतको मात्र सेवा हुन्छ भन्छन्। त्यसमाथि भारतले नै यस्ता आयोजना वन्न दिदैन भन्ने पनि सुनिन्छ नी’ भन्ने जिज्ञासामा गुरागाईले नेपालको प्रगतिले भारत, वंगलादेश सवैलाई फाईदा पुग्ने वताए । भारतले नेपालमा हाईड्रो पावर वन्न नदिने कुरामा पनि सत्यता नभएको उनको तर्क छ। ‘भारतले नेपालको अहित चाहेर के फाईदा हुन्छ ? भारतलाई फाईदा हुने कुरो भए पो अहित चिताउनु । नेपाली सम्पन्न भएर भारतलाई के वेफाईदा हुन्छ? त्यसैले यो कुरा ज्ञानको कमीले भएको हुन सक्छ’ उनले भने–‘हाइड्रो पावरका कारण नेपालको वाढि कन्ट्रोल हुन्छ र त्यसले भारत मात्र होईन, वंगालदेशलाई पनि फाईदा हुन्छ।’ एउटा अध्ययनले नेपालमा आउने विभिन्न खोलानाको वाढिले वार्षिक ४० अरवको वालुवा गिट्टी वगाएर लाने गरेको वताएका उनले यस्ता आयोजनाहरु वन्ने हो भने वाढि ब्यवस्थापन आफै हुने वताए ।

गाउँमा १÷२ वटा कलर टिभी आउँदा आउँदा कलर टिभीले आँखा विगार्छ भन्ने अफवाह फैलाउने गरेको स्मरण गर्दै उनले भने ज्ञानको कमी हुने मानिससँग तर्क वितर्क गर्नु पर्ने आवश्यक्ता नै नभएको वताए । ‘वाढिले वगाएर वार्षिक सयौं÷लाखौ मानिस घरवारविहन भएको नदेख्ने, विजुलीको कारणले अन्धकारमा वसेको, उद्योगधन्दा खोल्न नसकेको, मान्छे अँध्यारोमा वसेको, दाउराका भरमा चुलो वालेको चै नदेख्ने।’ उनले भने– ‘हामी विजुली उतपादन गरेर भारतमा पनि सवैका घर–घरमा विजुली सप्लाई गर्छौ, सवैका घरमा क्लिन इनर्जी दिन्छौं, र धुवाँ, धुलो रोगवाट मुक्त गर्छौ भन्ने अभियनामा हामी लाग्दा भारतलाई कसरी हानी हुन्छ ? र भारतले वखेडा झिक्छ भनेर कुतर्क गरिरहेका छौ ।’

माथिल्लो तटिय क्षेत्रमा ठुला–ठुला वाँध वनाउँदा सुरक्षाका हिसावले पनि भारतको चासो वढ्लानी भन्ने आसयको प्रश्नमा उनले भने–‘संसारमा नभएको कुरा नेपालमा हुन्छ भनेर कल्पना गर्न हुँदैन। वाँध फुट्छ भनेर कल्पना किन गर्ने, कागजको वनाउने होर ? वाँधको नलेज नभएका मानिसले त्यसको वारेमा किन छलफल गर्छन ? संसारमा वाँध कसरी वनिरहेका छन् भनेर किन हेर्न जाँदैनन्।’

कोशी हाईड्यामको प्रशंग निकाल्दै उनले त्यत्रो ठुलो सुरक्षा खतरा हुन्थ्यो भने २ सय मिटर अग्लो ड्याम वनाउन भारत किन तयार हुन्थ्यो ? भन्दै प्रश्न गरे । ‘वाँधको ५ किलोमिटर तल भारत पर्छ । कोशी हाइड्याम वनाउँछु भनेर भारत भनिरहेको छ त। ड्यामभन्दा तल त भारतै पर्छ त’ उनले भने–‘अनि त्यसले नेपालीलाई चै कहाँवाट घाटा पर्छ ? त्यहाँ धान २ हजार मुरी फल्छ भने विजुली उत्पादन भईसकेपछि २० लाख मुरी धान किन्ने क्षमता हुन्छ। १० लाख परिवारलाई पुग्ने माछा उत्पादन हुन सक्छ। इकोनोमिक कम्पेयर गर्नु परेन ?’

नेपालमा क्षमता अनुसारको हाईड्रो पावर निर्माण गर्ने र उत्पादित विजुलीले उद्योग धन्दा चलाउने अनि उव्रिएको विजुली विदेशमा निर्यात गर्ने हो भने नेपालीहरु खाडि मुलुक जानुपर्ने वाध्यता हट्ने र मुलुक समृद्ध वन्ने उनले वताए । ‘हामीसँग पहाड र नदिनाला छन् । यो पहाड र नदिनाला चै हाम्रा समृद्धिका आधार हुन। पहाडमा खनिजजन्य वस्तु हुन्छन्। पहाडमा असाध्य महंगा र संसारमा नपाईने वस्तु थुप्रिएर वसेको छ। त्यसको उत्खनन गरेर सहि सदुपयोग गर्नु पर्छ’ उनले भने–‘अझ त्यो भन्दा सजिलो कुरो भनेको चै हाम्रो उत्तरवाट दक्षिणतर्फ वगिरहेका नदिनालाहरु हुन । अहिले माथिवाट उम्रिन्छ र तल वगेर जान्छ। त्यसलाई वाँधेर विजुली मात्रै निकाल्ने हो भने हामी अरविनय कन्ट्री अथवा समृद्ध देशहरुका हाराहारीमा पुग्न धेरै समय पर्खिनु पर्ने आवश्यक्ता छैन ।’

साउदीतिरको अथवा अरविनय कन्ट्रिहरले जसरी तेल निकाले। जमिनमुनिवाट निकालेर प्रसोधन गरेर गर्नुपर्ने धेरै प्रक्रिया पुरा गरेर उनीहरुले प्रयोगमा ल्याए। तर, त्यो भन्दा सजिलो गरी वगिरहेको पानीवाट हामीले उर्जा उत्पादन गर्न सक्छौं । त्यसैले भईरहेको कुरालाई सदुपयोग गर्न जान्यौ र गर्यौ भने चाँडै नै नेपाल समृद्ध वन्ने भन्दै उनले नेपालको समृद्धिको आधार नै जलविद्युत हो, उर्जा हो र हाईड्रोपावर हो भने। ‘यसका लागि यसको सहि सदुपयोग सहि समयमा गर्नलाई ढिला भईसक्यो। हामी धेरै ढिलो भईसकेका छौ । संसारमा दोस्रो जलविद्युत आयोजना वनाउँदा पनि नेपालमा चै सवैभन्दा पछाडि पुग्नु भनको चै विडम्वनापुर्ण छ’ उनले भने–‘अव हामीले कसैलाई दोस दिने भन्दा पनि हामी सवैले यसलाई आत्मसाथ गर्नु पर्छ । यसको सदुपयोग र ब्यवस्थापना चाँडो तयारी गर्नु पर्छ । यसको एक मात्र विकल्प भनेको जलविद्युत आयोजनाको द्रुत गतिमा निर्माण हो ।’ 

अध्ययनमै समय गुजार्ने चलनले उर्जा क्षेत्र पछाडि
अहिले विभिन्न किसिमका उर्जा वजारमा आईसकेका छन। सोलार तथा न्यूक्लियर उर्जाहरु आईसकेको छ। यि उर्जाहरु भनेको हाइड्रोपावर भन्दा छिटो र सजिलो गरि वनाउने सकिने उर्जाहरु हुन । तर हाईड्रोपावर भनेको नदिलाई वाँधेर त्यसवाट विजुली निकाल्ने विषय हो। त्यसमा अध्ययनकै लागि दुई तिन वर्ष लाग्छ र निर्माणमा तिन चार वर्ष लाग्छ। तर, हामीले न्युक्लियर प्लाण्ट र सोलर राख्ने हो भने एक डेढ दुई वर्षमा वनाउन सकिन्छ। 

तर, नेपालमा चाहि १÷२ वर्षमा हुने काम दशौं वर्ष लगाएर अलमल गर्ने परिपाटीले समस्या भईरहेको उनले वताए । ‘एक÷दुई वर्षमा सकिने कामलाई दशौं वर्षसम्म अध्ययन मात्रै गर्ने, योजना वनाउन नै दशौ वर्ष लगाउने’ उनले भने–‘यसका कारण ८३ हजार मेगावाटको आर्थिक सम्भाब्य आयोजना भएको देशमा ५ प्रतिशतमा सिमित हुनु परेको छ ।’ जति सुकै उत्पादन भएपनि अहिलेसम्म १५ सय मेघावाट मात्रै ग्रिडमा जोडिएको र निर्माणाधिन अवस्थामा रहेको ६ हजार मेगावाट मात्रै रहेको उनले जानकारी दिए । 

‘हाइड्रोपावरसँग सम्वन्धित उर्जालाई सदुपयोग गर्ने । देशभित्र गरे सुनमा सुगन्ध, देश वाहिर गरे पनि त्यसले विदेशी मुद्रा आर्जन गराउँछ। त्यसैले हाइड्रोपावर आयोजना वनाईसकेर देशभित्र खपत गर्ने वा देश वाहिर खपत गराउने अवस्था श्रृजना गर्यो र निर्माण सम्पन्न गर्यौ भने हामी एसियाको सम्पन्न देशहरु मध्येमा पर्छौ– उनले भने।

‘आगामी दिनमा उर्जाको विकास गर्दाखेरी फाईदा हुने÷नहुने कस्तो अवस्था छ ?’ भन्ने जिज्ञासामा गुरागाईँले नेपालमा त्यसको विकल्पन नै नभएको वताए । ‘हामीसँग विकल्प छैन । किन भने हामीसँग न्युक्लियर टेक्नोलोजी भित्रीसकेको छैन, तुरुन्त भित्र्याउन सक्ने सम्भावना पनि छैन । हाईड्रो पावर क्लिन इनर्जी हो । यसवाट कुनै किसिमको हानी छैन । यसवाट मानिसमा स्वास्थ्यमा प्रतिकुलता हुने कुरा छैन। फेरी यो भरपर्दौ पनि छ। सोलार घाम नलागे, पानी परे, रात परे, वादल लागेर धुम्म भए विजुली आउँदैन। यो चै डेडिकेडेट हुन्छ। पानीको फ्लो जत्रो छ, त्यति विजुली आउँछ भन्ने ग्यारेन्टि गर्न सकिन्छ। हामी यसलाई प्रोजेक्सन गर्न सक्छौं, प्लान गर्न सक्छौं । हाम्रा उद्योगहरु कुन साईजमा चलाउने भन्ने कुरा ग्यारेण्टी गर्न सक्छौ । यो विजुली भनेको विश्वसनिय विजुली हो र क्लिन विजुली हो । यसको आवश्यक्ता भारतमा पनि छ, वंगलादेशमा पनि छ र चिनमा पनि छ। हामीले यदि इण्डियाको ग्रिडमा जोडन सक्यौ भने र भारतसँगको ब्यापारलाई ब्यवसायीक रुपमा जोडन सक्यौ भने अथवा नेपाल–भारत, नेपाल–वंगलादेश, नेपाल–भुटान तथा अरु छिमेकी देशमा ग्रिड मार्फत वाहिर सेल गर्न सक्ने मेकानिजम ओपन गर्न सकियो भने प्रसस्त आम्दानी गर्न सकिन्छ’ उनले भने–‘देशमा खपत गर्न सकियो भने देशमै रोजगारी हुन्छ, त्यसै सम्पन्न हुन्छ। देशमा खपत गर्न सकिएन भने जसले खपत गर्छ, खपत गरेपछि त पैसा तिर्छ । त्यो पैसा हामी सदुपयोग गर्न सक्छौं । त्यसैले जलविद्युत आयोजना निर्माण गर्ने भन्दा अर्को विकल्प हामीसँग छैन । हामीलाई प्रकृतिले फ्रिमा दिएको छ। हामीले केहि गरिरहनै पर्दैन। र मेटरियल खोज्न जानु पर्दैन। आज कुनै पनि उद्योग धन्दा खोल्नु पर्यो भने र मेटरियल खोज्न विदेश जानुपर्छ । तर, जलविद्युत उत्पादन गर्नका लागि मेटरियल आफनो देशमा छ। एउटा मेसिन मात्र ल्याउने हो । एउटा मेसिन राखिसकेपछि त्यो प्लानले सयौं वर्षसम्म उत्पादन दिन्छ। ५ किलोवाटको फर्किङ्ग आयोजना हेर्न सक्छौ हामीले । त्यसले अहिले १ सय वर्षभन्दा वढि निरन्तर उत्पादन दिईरहेको छ ।’ 

‘हाइड्रो पावरमा जलवायु परिवर्तनले कस्तो असर गर्छ ?’ भन्ने जिज्ञासामा गुरागाईले भने–‘नेपालमा जलवायु परिवर्तनले केहि असर गरेका छन् । तर, हामीलाई विजुली उत्पादनमा त्यसले खासै ठुलो असर गदैन। पहिला हिउँदमा पनि केहि पानी पथ्र्यो। अहिले हिउँदमा कम पानी र वर्षामा वढि पानी पर्न थाल्यो। हाम्रो विजुली हिउँदमा कम हुने र वर्षामा वढि हुने भएकाले सिफ्ट भएको मात्र हो । त्यसैले यसलाई ब्यवस्थापन गर्न सकिन्छ । अर्धजलासययुक्त आयोजना तथा जलासययुक्त आयोजना वनाउन सक्छौ । पम्प स्टोरेज प्रोजेक्टहरु संचालन गर्न सक्छौ । उद्योग कलकारखान वर्षामा वढि चल्ने वनाउँन सक्छौं । त्यसैले यसको ब्यवस्थापनको मात्रै कुरा हो, पानीको कमी होईन।’

हाम्रो मुलुकका  विभिन्न खोलानालावाट २२५ विलियन घनमिटर पानी वगेर जाने गरेको वताएका उनले पानी घटेको नभई समय सिफट मात्र भएको भएको उनले वताए ।

जलासययुक्त परियोजनावाट यसरी लिन सकिन्छ फाईदा
जलासययुक्त परियोजनावाट कसरी फाईदा हुन्छ भन्ने प्रश्नमा पानीलाई स्टोरेज गरेर आवश्यक्ता अनुसार प्रयोग गर्न सकिने उनले वताए । ‘वर्षामा हामीसँग धेरै पानी हुन्छ। वर्षाको पानी स्टोरेज गर्यौ भने अरु नदिनालामा पानी कम भएको वेला त्यो पानीलाई हिउँदभरी प्रयोग गर्न सकिन्छ, विजुली उत्पादन गर्न सकिन्छ। त्यसैले स्टोरेज प्रोजेक्ट अहिलेको आवश्यक्ता हो। वुढि गण्डकी, सेती, तमर जस्ता आयोजनाहरु जो अध्ययन भईरहेका छन्, यस्ता आयोजना तत्काल निर्माण हुनु पर्छ’ उनले भने–‘अहिले भ्रम के छरिएको छ भने जलासय युक्त आयोजनाहरु चै निजी क्षेत्रवाट वा जनताको सहभागितमा वन्दैनन् भनिरहेका छन् । त्यो भ्रम हो, हाम्रा आयोजनाहरु १५/१८/२० करोड पर मेघावाटमा वनिरहेका छन् । यहि लागतमा ति आयोजनाहरु वन्छन् भने कसरी वन्न सक्दैन ?’

जलासययुक्त आयोजनावाट उत्पादित विजुलीको मुल्य नेपाल विद्युत प्राधिकरणले झण्डै डवल राखको वताएका गुरागाईले यस्ता प्रोजेक्टले डिजल र पेट्रोललाई रिप्लेस गर्ने दावी गरे। ‘डिजेल र पेट्रोलवाट हामीले जुन विजुली उत्पादन गर्छौ त्यसवाट पर्ने प्रति युनिट विजुली भनेको २५÷३० रुपैयाँ पर्छ । यो विजुलीवाट हामीले त्यसको आधा भन्दा पनि कम मुल्यमा विजुली पाउँछौं । अहिले विदेशमा डलर तिरेर किन्नु पर्ने वाध्यता छ हाम्रो । त्यो वाध्यता हामीलाई रहँदैन। हामी स्वदेशमै विजुली उत्पादन गरेर डिजेल पेट्रोल रिप्लेस गर्न सक्छौं’ उनले थपे–‘यि आयोनजाहरु चाँडो भन्दा चाँडो कसरी निर्माण गर्ने भन्ने अर्जुन दृष्टि दिएर गर्नुको विकल्प  छैन। र यसका लागि राज्य संयन्त्र सम्पुर्ण रुपमा सकारात्मक हुनुपर्छ ।’ 

‘सुको’ लगानी नभएकाहरु हाइड्रो पावरको विरोध गरिरहेका छन्

इप्यानको पुर्व अध्यक्षसमेत रहेका गुरागाईले आफुसँग ज्ञान, जानकारी, विज्ञता र अनुभव नभएका मानिसहरु हाइड्रो पावरमा हावी भएको वताए । ‘ड्यामको वारेमा जानकारी नभएको, ज्ञान नभएको, अध्ययन नगरेको, प्रोजेक्टमा कहिलै काम नगरेको मान्छेले ड्यामको विरोध गरेर हिडे जस्तै हाइड्रो पावरमा १ सुका लगानी नगरेको, एउटा पनि आयोजना नगरेको, एउटा पनि आयोजनाको भ्रमण नगरेको मान्छेले आयोजनाहरुको विरोध गरेर हिड्छ’ त्यस्ता मान्छेलाई उनले भने–‘पहिले ज्ञान लेउ, राम्रो गर्छ की नराम्रो गर्छ भनेर हेर। अनि पनि विरोध गर्नुपर्ने जस्तो लाग्यो भने विरोध गर।’

उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवम् उर्जा उद्यमी शैलेन्द्र गुरागाईँसँग नेपाल आजका प्रस्तोता माधव गुरागाईले गरेको विस्तृत कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।

भारत अपराधी हाइड्रो

विशेष