News

शिक्षकमाथि दुर्व्यवहारको विरोधमा गौशालाका सामुदायिक विद्यालय वन्द

शिक्षकमाथि दुर्व्यवहारको विरोधमा गौशालाका सामुदायिक विद्यालय वन्द

सामुदायिक विद्यालयमा शिक्षकहरुमाथि भएको दुर्व्यवहारको विरोधमा आईतवार महोत्तरीको गौशालाका सम्पुर्ण सामुदायिक विद्यालय वन्द गराईएको छ । नेपाल शिक्षक महासंघ गौशाला नगर समितिको आह्वानमा विद्यालय बन्द गराएको छ।

पीडित शिक्षकलाई न्याय तथा दोषीलाई कारबाहीको मागका लागि विरोध प्रदर्शन गर्न विद्यालय बन्द गराइएको जनाईएको छ। गत चैत २६ गते गौशाला नगरपालिका वडा नंं ९ का वडा सचिव उमाकान्त महतो र उनका भाइ राजेश महतोले त्रिभुवन माध्यामिक विद्यालयका शिक्षकहरुलाई दुर्व्यवहार गरेका थिए ।

कक्षा १२ मा अध्ययनरत एक छात्रालाई कक्षामा ढिलो आउँदा शिक्षकले केही मिनेट कक्षा बाहिर उभ्याएका थिए । उनी राजेश महतोकी श्रीमती हुन् । सोहि विषयमा राजेश र उनका दाईले शिक्षकहरुसँग दुर्व्यवहार गरेका थिए । 

उनीहरुले शिक्षहरुमाथि हातपातको प्रयास समेत गरेको जनाईएको छ । शिक्षकहरुमाथि भएको यस्तो ब्यवहारको विरोध गर्न विद्यालय वन्द गर्नु परेको महासंघका पदाधिकारीहरुले जनाएका छन् । न्याय नपाएको खण्डमा चरणवद्ध आन्दोलन गर्ने महासंघ गौशालाका अध्यक्ष नकुल उप्रेतीले बताए। 

गौशाला शिक्षकमाथि दुर्व्यवहार सामुदायिक विद्यालय वन्द

विशेष