News स्वास्थ्य

कोरोनाको दोस्रो लहरः छिमेकमा कोलाहल, सिमामा वेवास्ता

कोरोनाको दोस्रो लहरः छिमेकमा कोलाहल, सिमामा वेवास्ता

छिमेकी देश भारतमा यतिवेला कोरोना संक्रमणको दर उच्च छ। खुला सिमाका कारण नेपाल पनि प्रभावित हुन सक्ने सम्भावना धेरै छन्। तर, त्यसलाई नियन्त्रण गर्ने र संक्रमण नियन्त्रण गर्ने कुरामा भने नेपालमा खासै ध्यान दिएको पाईदैन।

सिमा क्षेत्रमा वेवास्ता गरिएकै कारण अहिले पनि झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, वारा, पर्षा लगायका पुर्वि जिल्लाहरुवाट अनियन्त्रीत रुपमा नेपाल–भारत आवत जावत गर्नेहरुको संख्या घटेको छैन । 

वैधानीक सीमा नाकामा पनि पर्याप्त चेकजाँच छैन। नाकामा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाइकन भइरहेको आवत–जावतले सङ्क्रमण बढ्ने खतरा वढेको जानकारहरु वताउँछन् ।

लामो र खुला सिमानाको जुनसुकै क्षेत्रबाट पनि सहजै नेपाल भित्रिनेहरूका कारण सङ्क्रमणको जोखिम उच्च भएको हो । मुख्य नाकाबाट भन्दा चोरबाटो हुँदै आउनेहरूको संख्या धेरै छ। उनीहरू निगरानी बिनै नेपाल प्रवेश गरिरहेका छन् । 

तर, मोरङको ६३ किलोमिटरमा रहेको २६ वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्नेको दिनहुँ लर्को लाग्ने गरेको छ । यसरी सप्तरीमा करिव ७० किलोमिटर क्षेत्रवाट पनि आवत जावत जारी छ । यद्यपि सीमा नाकामा पर्याप्त चेकजाँचसहित स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भने सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले खासै चासो देखाएको पाइँदैन । जसले गर्दा सङ्क्रमण फैलिएका भारतीय क्षेत्रबाट आउने नेपालीहरूमार्फत् नेपालमा पनि कोरोना सङ्क्रमण फैलने खतरा बढ्दै गएकोमा स्वास्थ्यकर्मीहरु वताउँछन्। 

केही नाकामा शङ्कास्पदको एण्टिजिन परीक्षण गर्न थालिए पनि कतिपय नाकामा हेल्थ डेस्कसमेत नरहेको पाइएको छ । 

प्रदेश १ र २ मा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थपिएको अनुमान छ। तर, सहज चेकजाँचको ब्यवस्था नहुदा संक्रमितको आधिकारीक तथ्यांक यकिन हुन सकेको छैन । समाजका अगुवाहरुले भने समयमै यस्ता गतिविधि नियन्त्रण नगरे अवस्था भयावह हुन सक्ने चेतावनी दिएका छन्।

कोरोना दोस्रो लहर छिमेक सिमामा

विशेष