News राजनीति

माधव नेपाललाई ओलीको चेतावनी– पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पारिन्छ

माधव नेपाललाई ओलीको चेतावनी– पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पारिन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्वित नेता माधवकुमार नेपाललाई लक्षित गरी पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने चेतावनी दिएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले आत्मालोचनासहित पार्टीमा फर्किन पनि नेपाललाई आग्रह गरे। नेता नेपाललाई अहिले पनि पार्टीबाट निष्कासन नगरेको वताएका उनले भने–‘आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं ।’

अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गरेर पार्टीमा काम गर्न उनले आग्रह गरे । गुटवन्दी गर्ने, पार्टी संगठनलाई छिन्नभिन्न पार्ने र आफुखुरी अपराधपुर्ण काम गर्न आउनलेलाई भने नस्विकार्ने ओलीको भनाई छ ।

आफूलाई जति भनेपनि, जति आलोचना गरेपनि र जति नै गालि गरेपनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उनले चेतावनी दिए । 

माधव नेपाल केपी ओली चेतावनी पार्टी ध्वस्त

विशेष